सन्नी लियोनी सहित अटाएकी पासवर्डको पोस्टर सार्वजनिक

आर्टिष्ट खबर/ साउन, काठमाण्डौ।

चलचित्र 'पासवर्ड'को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। भदौ २७ गते रिलिज हुने चलचित्रको सार्वजनिक पोस्टरमा मुख्य कलाकारसहित बलिउड अभिनेत्री सन्नी लियोनी पनि अटाएकी छन्। चलचित्रको मुख्य कलाकार आक्रामक मुद्रामा प्रस्तुत भएका छन् भने, सन्नीको कामुक रुप देख्न सकिन्छ। एक आइटम गीतमा नृत्य पस्किएकी सन्नीको केहि संवादसहितको दृश्य पनि चलचित्रमा समेटिएको निर्माण पक्षले बताएको छ । एक पोस्टरमा अभिनेता अनुपविक्रम शाही र विक्रम जोशीलाई रिसाहा रुप देखाइएको छ। यी दुई बीचको द्वन्द पोस्टरले प्रस्ट्याउछ  ।

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्रलाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् । अकिंत गौतम कार्यकारी निर्माता रहेको चलचित्रमा अजित के थापा सहनिर्माताको रुपमा रहेका छन् । एक्सन, कमेडी, थ्रिलर जनरामा निर्माण भएको चलचित्रलाई सौरभ लामाले छायाँकन गरेका हुन् ।सम्राट बस्नेतले निर्देशन गरेको चलचित्रमा बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतको पनि अभिनय छ ।