कोपिला गौतमको तिज गीत ‘आमाले पकाएको दर राम्रो’ (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

गायिका कोपिला गौतमको नयाँ तिज गीत ‘आमाले पकाएको दर राम्रो’ सार्वजनिक भएको छ। म्यूजिक खबरको यूट्यूब च्यानलबाट सार्वजनिक भएको यो गीत तिजको अवसरमा नयाँ शैलीमा प्रस्तुत भएको छ । गायक पशुपति शर्मासँग गाएको गीत पोखरा फेवाताल, चन्द्र शर्मा र प्रचण्ड जिसीसँग गाएको तीज गीत चौतारी ताकेर जस्ता तीज गीतमा स्वर दिइसकेकी गायिका कोपिला गौतमले यसपालीको तिजमा पनि ‘आमाले पकाएको दर राम्रो’ ल्याएकी हुन् । पूर्वेली भाकाहरु देखि पश्चिमको दोहोरी गीतसम्म गाउँदै आएकी कोपिला गौतमले करिब दर्जनजति गीतमा स्वर दिइसकेकी छन् ।

‘आमाले पकाएको दर राम्रो–आफैंले रोजेको वर राम्रो’ गीतमा तिजको मौलिकतासँगै गोविन्दमधुर आचार्यले संगीत दिएका छन् भने उनकै संगीत संयोजन रहेको छ । लोकराज अधिकारीको शब्द रहेको ‘आमाले पकाएको दर राम्रो’ मा कोपिला गौतमको स्वर रहेको छ । यस गीतको म्यूजिक भिडियोलाई स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेकी छन् भने गीतमा कोपिला गौतम आफैं देखिएकी छन् भने चाहना राना मगरको अभिनय रहेको छ । सुरेश श्रेष्ठको छायाँकन रहेको यस भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् । गीतलाई शुभकामना मिडियाले बजार व्यवस्थापन गरेको हो ।