निश्चल-स्वस्तिमाको जोडीलाई ‘आदर्श जोडी’ सम्मान (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

नेपाली चलचित्रक्षेत्रका निर्देशक एवं कलाकार निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्कालाई ‘आदर्श दम्पत्ति सम्मान–२०७६’बाट सम्मान गरिएको छ। बिहीबार ललितपुरको जावलाखेलस्थित खुल्ला चौरमा आयोजित तीन दिने ‘तीज मईति मेला’ २०७६ को उद्घाटन समारोहमा नेपाली कला क्षेत्रको आदर्श जोडी मान्दै सम्मान गरिएको हो। ललित ब्युटिसियन बहुउदेस्यीय सहकारी संस्था र ललित फरिया घरको आयोजनामा ‘तीज मईति मेला’ सुरु भएको हो। प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन उद्घाटन गरेका हुन्।

कार्यक्रमको उद्घाटन समारोहमा निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काको रियल जोडीलाई सम्मान गरिएको हो। प्रमुख अतिथि महर्जनले यी दम्पत्तिलाई सम्मान प्रदान गरेका हुन्। सम्मानित भएपछि नायिका स्वस्तिमा र अभिनेता एवम् निर्देशक निश्चल बस्नेतले सो सम्मान प्रति यसरी खुसी व्यक्त गरे। नायिका स्वस्तिमा खड्का यतीबेला निकै चर्चामा छिन्। उनको नयाँ चलचित्र ‘हजार जुनीसम्म’ यहीसाउन ३०बाट प्रदर्शनमा आउँदै छ। यो सम्मानले आफुहरुलाई चलचित्र क्षेत्रमा काम गर्न अझ प्रेरणा मिलेको निश्चलले बताए ।

आयोजक मिना न्यौपाने रिमालले तिजको अबसर पारेर यो मेला आयोजना गरिएको बताईन्। ललित व्युटिसियन बहुउदेश्यीय सहकारी र ललित फरियाघरद्धारा उत्पादित विभिन्न सामग्रीहरु निकै छुटका साथ मेलामा बिक्रीका लागि राखिएको पनि मिनाले बताईन् । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्वस्तिमा र निश्चललाई सम्मानित भएकोमा बधाई दिँदै व्युटिसियनहरुले ललित व्युटिसियन सहकारी खोलेर विभिन्न प्रसँसनीय कार्य गरेको बताए । कार्यक्रममा विभिन्न कलाकारले गायन नृत्य एवम् प्रहसन प्रस्तुत गरेका थिए । समारोहमा विभिन्न कलाकार तथा अग्रज व्युटिसियनहरुको उपस्थिति थियो।

video: