‘न यता न उता’सँगै ‘रातो गलबन्दी’ प्रदर्शनमा

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

आज शुक्रबारबाट दुई चलचित्र ‘न यता न उता’ र ‘रातो गलबन्दी’ प्रदर्शनमा उत्रिएका छन्। दुई अभिनेत्री ऋचा शर्मा र  केकी अधिकारीको  प्रमुख भूमिका रहेको यि दुई चलचित्र एकसाथ प्रर्दशनमा आएको छ। कमेडी जनराको ‘न यता न उता’मा अभिनेत्री ऋचा शर्मा प्रमुख भूमिकामा रहेकी छिन् भने अर्को चलचित्र ‘रातो गलबन्दी’ मा अभिनेत्री केकी अधिकारीको प्रमुख भूमिका रहेको छ। आजबाट मिल्ने यि दुई अभिनेत्रीको बक्सअफिसमा भने भिडन्त हुने देखिएको छ । विशारद बस्नेत र मिराज रोशको निर्देशन रहेको चलचित्रमा मिराज रोश, ऋचा शर्मा, बुद्धी तामाङ, छुल्ठिम गुरुङ, नम्रता सापकोटा, राजाराम पौडेल, कमल मणी नेपाल, जीवन भट्टराई, लुनिभा तुलाधर, भिमा मैनाली, राजन खतिवडा, रविन्द्र झा, विशारद बस्नेत, लुनिभा तुलाधर,अन्ना देउजा, सागर ढकाल, पवन ढकाल, जयानन्द्र लामा, समिर दिक्षितलगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रमा संवाद अभिमन्य निरावीको रहेको भने कथा लेखन मिराज रोशको रहेको छ। चलचित्रमा मिलन जलन, राजन र सुरज विक्रम थापाको संगीत रहेको छ भने एकनारायण भण्डारीको शब्द रहेको छ । विक्रम स्वरले कोरियोग्राफी गरेको चलचित्रमा अरोन अशोक कुमारको सिनेम्याटोग्राफी रहेको छ।

अर्को चलचित्र ‘रातो गलबन्दी’मा अनिश थापाको रहेको छ । उनले यस चलचित्रबाट निर्देशनमा डेब्यू गरेका छन्। मनिसमा फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा सुमन अष्ट महर्जनको द्दन्द्द,किरण माइकलको स्क्रिप्ट लेखन र हिमाल कडरियाको कथा छ। चलचित्रमा अमृता मगैराम, बासुदेव घिमिरे र कृष्ण घिमिरे सह-निर्माताका रुपमा रहेका छन् भने प्रकाश दुलाल कार्यकारी निर्माताका रुपमा रहेका छन्। पूर्वका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको चलचित्रमा केकी र कोसिससँगै बुद्धि तामाङको पनि अभिनय रहेको छ।