तीजमा नारी जागरण अभियान सक्रिय

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

जागरण अभियान पोखराले आउँदै गरेको हरितालिका तिज पर्वलाई लक्षित गर्दै काममा सक्रिएता बढाएको छ । तीज आउनु महिनौं अघिदेखि नचाहिँदो तडकभडक महँगा गरगहना, कपडा सहित पार्टी प्यालेसदेखि तारे होटलसम्म दर खाने, ख्वाउने होडबाजी चल्न थालेकोले यस्तो कुराहरुलाई नियन्त्रण गर्नका लागी यो अभियान सुरु गरिएको बताइएको छ ।

अर्को तर्फ सात्विक भोजन, व्रत र धार्मिक आस्थालाइ आझेल पार्दै मासांहारी र मदिराजन्य पदार्थहरु सहितको भोज भतेरको रुपमा यो पवित्र पर्व परिणत हुदै गैरहेको अभियानका संयोजक अन्जु केसी वताउछिन् । ‘आधुनिकताका नाममा सांस्कृतिक र सामाजिक महत्व बोकेको तीजलाइ अझ, दम्भी र ढोंगी आवरणले ढाक्न थालेको छ । जसले गर्दा समाजमा कमजोर आर्थिक हैसियत भएका महिलाहरुलाइ तीज मनाउन कठिन भै उनिहरुमा नैरास्यता वढ्दै गएको, धनि गरिव विचको विदेभ वढ्दै गएको र सामाजिक सद्भाव समेत खल्वलिने खतरा निम्तने अवस्था रहेको छ ।’ अन्जु के.सी. भन्छिन् ‘यसै अवस्थालाइ मध्यनजर गर्दै नारी जागरण अभियानले यस विकृती विरुद्ध अभियान सञ्चालन गरेको हो ।’ यस अभियानलाइ नागरिक समाज पोखरा, पोखरा वृहत सफाइ अभियान लगायतका सामाजिक संघ संस्थाहरुले पनि ऐक्यवद्धता जनाइ सहयोग गरिरहेका छन् ।

नागरिक समाजका निर्वतमान अध्यक्ष तथा पोखरा वृहत सफाइ अभियानका संयोजक रामवहादुर पौडेलका अनुसार चाडपर्व भडकिलो र खर्चिलो गरि मनाउदा यसवाट उत्पन्न हुनसक्ने समस्याहरु वारे सर्वसाधारणमा सचेतना जागृत गर्ने कार्यक्रम सञ्चालन गर्नका साथै नियम वर्खिलाप भै दभ्मी र आडम्वरी तरिकाले चाडपर्व मनाइ सामाजिक सद्भाव खल्वलाउनेहरुलाइ प्रचलित कानुन वमोजिम कारबाही हुनु जरुरी छ । यिनै मागहरु राखी नारी जागरण अभियानले गण्डकी प्रदेश, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा महानगरपालिकाको कार्यालयमा विज्ञप्ती पेश गरेको छ ।

विज्ञप्तिलाइ मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले हरितालिका तिजलाइ तडक भडक विना, ध्वनी प्रदुषण कम हुने गरि र मौलिक परम्परा अनुसार मनाउन सार्वजनिक सूचना जारी गरि सकेको छ । सूचनाको वर्खिलाप हुने गतिविधी भय गरेको पाइएमा प्रचलित कानुन वमोजिम कारवाही गरिने समेत सूचनामा उल्लेख गरिएको छ ।

यसै विच गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हरितालिका तिजलाइ कुनै विसंगति विकृति विना सभ्यरुपमा मनाउने निर्णय कार्यान्वन गर्न र सो सम्वन्धि सचेतना अभिवद्धिका कार्यक्रम सञ्चालन गर्न गण्डकी प्रदेश भित्रका सवै जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुलाइ गत विहीबार नै निर्देशन समेत दिएको छ ।