फुलन्देकी आमालाई किन जापान एअरपोर्ट बाटै फर्काइयो ?

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

फुलन्देकी आमाको उपनामबाट परिचित कलाकार उमेश राईलाई जापान एअरपोर्टबाटै नेपाल फर्काइएको छ । एक साँस्कृतिक कार्यक्रमको लागि जापान पुगेका हास्यकलाकार उमेशलाई प्राबिधिक कारण भन्दै बिमानस्थलबाटै नेपाल फर्काइएको हो । उमेशसँगै लोकगायिका सबिना गुरुङलाई पनि सँगै फर्काइएको बताइएको छ ।

उनीहरु तमु धिं जापानको रजत महोत्सवको अवसर पारेर आयोजना गरिएको रोधी साँझ कार्यक्रमको लागि गएका थिए । तमु धिं जापानले आयोजना गरेको २३ औ रोधी साँझ तथा रजत जयन्ती २०१९ को लागि गएका उनीहरुलाई नेपालस्थित जापानी दूतावासले प्रवेशाज्ञा (भिसा) दिएको थियो तर विमानस्थलबाट बाहिरिने क्रममा भएको चेकजाँचमा प्राविधिक त्रुटि भएको भन्दै उनीहरुलाई फिर्ता पठाइएको तमु धिं जापानले एक विज्ञप्ति प्रकाशित गरी जानकारी दिइएको छ । यद्यपि यी दुई कलाकार नभए पनि कार्यक्रम भने तोकिएकै मितिमा हुनेछ ।

कलाकार उमेशले आफूहरुलाई बिना कारण फर्काइएको बताए । नेपाल आएपछि भन्छन् ‘केहि कारण नै खुलाइएन । साथै हामी भिजिट भिषामा गएकै कारणले संका गरेर फर्काएको हुनसक्छ ।’ यसअघि पनि अन्य देशमा बिभिन्न कार्यक्रमका लागी जाने कलाकारहरुलाई यसरी नै बिमानस्थलबाटै फर्काइने गरेको पाइन्छ । नेपाली कलाकारहरुको आर्टिस्ट भिषा नहुने र भिजिट भिषामै जानुपर्ने बाध्यता भएकाले धेरै कलाकारले यस्तो समस्या भोग्नुपरेको छ ।