नाकाबन्दीबिरुद्ध कागै कागले घेरे भारतीय दूतावास (फोटो र भिडियो सहित)

...

ramesh dulal
मंसिर २०, काठमाडौं ।
भारतले गरेको अघोषित नाकाबन्दीको बिरुद्धमा आइतबार बिहानै कागै कागले भारतीय दुतावास घेरेका छन् । तिन महिना भन्दा बढि हुँदा सम्म पनि भारतले नेपाल माथिे ज्यातती देखाएको भन्दै राष्ट्रिय संगित कर्मि संघको आयोनामा बृहत काग सम्मेलन कार्यक्रम गरेर दुतावास घेराऊ गरीएको हो ।

१७३ फरक आवाज निकाल्न सक्ने कलाकार रमेश दुलालले काठमाडौंको लैनचौर स्थित भारतीय दूतावासको प्रमुख गेट अगाडि जब करिब २ मिनेट कागको आवाज निकालेर काग बोलाएका थिए तब सयौंको संख्यामा कागहरु भरीएका थिए । पहिलो आवाजमा कागलाई भारतले गरेको नाकाबन्दीको बारेमा सुचना दिएको र पछि भारतीय दूतावास घेर्न बोलाएको आवाज निकाले पछि काग जम्मा भएको कलाकार दुलालले बताए । भारतसामु नेपाली जनताले घुँडा कहिल्यै टेक्दैनन, अब कागले पनि भारत सामु घुँडा नटेक्ने सन्देश दिन खोजेका हौं, दुलाले भने । यमराजको प्रतिक मानिने काग यमलोकको खबर यमराज मार्फत पठाए जस्तै काग मार्फत पनि भारतसमक्ष नझुक्ने सन्देश पठाइएको उनले बताए ।
IMG_6537

दूतावास घेराउ कार्यक्रममा बिभिन्न कलाकार देखि बिभिन्न संस्थाका महिलाहरुको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित लोक तथा दोहोरी गायक प्रकाश कटुवालले पनि नेपाली जनता भारत सामु कहिल्यै नझुक्ने प्रतिज्ञा जनाएका थिए । साथै कलाकार नवराज घोरासैनी, राजेन्द्र कार्की लगायतले पनि नाकाबन्दीको बिरुद्धमा यसरी नै सम्पुर्ण नेपाली जनताले आवाज उठाउनु पर्ने बताएका थिए । त्यस्तै कार्यक्रममा उपस्थित बिभिन्न महिलाहरुले पनि काग मार्फत सन्देश पुग्ने भन्दै सो कामको प्रशंशा समेत गरेका थिए ।
video:

IMG_6562