नयाँ चलचित्र ‘षट्कोण’ बन्ने, कर्मा पत्रकार बन्दै

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

‘षट्कोण’ नाममा नयाँ चलचित्र निर्माण हुने भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बिच चलचित्र घोषणासँगै कलाकार र निर्माण टिम चिनाइयो । आउँदो भदौ १८ गतेबाट छायांकनमा निस्कने यो चलचित्र मिलन डि. काप्रीले निर्देशन गर्नेछन् ।

क्लेमेन्टाइन प्रोडक्सनको ब्यानरमा निर्माण हुने लागेको यो चलचित्रमा अभिनेत्री को हुने छ भन्ने बिषयमा अहिले टुंगो नलागेको निर्माण टिमले जानकारी दियो । साथै अन्य कलाकारहरुमा कर्मा शाक्य, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, विराज कडरिया, शिशिर वनेमलगायतको अभिनय रहने बताइयो । चलचित्रमा शिशिर वनेमको कथा तथा पटकथा रहेको छ भने महेश दवाडीको संवाद छ ।

चलचित्रमा कर्मा एक पत्रकारको भूमिकामा देखिनेछन् । उनले चलचित्रमा एक मर्डरको अनुसन्धान गरिरहेको पत्रकारको भूमिका निर्वाहा गर्नेछन् । चलचित्रका छायांकार आङछेन लामा हुन् ।