‘शिरैमा गम्छा’को बिवादित पोष्टर हटाइयो

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

‘शिरैमा गम्छा’ बोलको तीज गीतको पोष्टरमा प्रयोग गरिएका शब्द माथी गायिका जुना श्रीस मगरले सार्वजनिक रुपमै आपत्ती जनाएपछि त्यसलाई सच्चाईएको छ । शनिबार बिहान राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीको समन्वयमा गायक रिजन थापा मगर गायिका जुना श्रीस मगर सर्जक याम थापा मगर र मोडल प्रकाश सापकोटा सहित प्रतिष्ठानको तर्फबाट केन्द्रिय महासचिव सुवास केसी र उपत्यका समन्यव समितिका अध्यक्ष पिएन सापकोटाको उपस्थितिमा सच्चाउने सहमति भएको हो ।

केहि दिन अघि सार्वजनिक भएको बिवादित तीज गीत ‘शिरैमा गम्छा’को पोष्टरमा प्रयोग भएको शब्द अन्जानमा गल्ती भएको भन्दै यूट्युव सन्चालकद्वय प्रकाश सापकोटा र रिजन थापाले सार्वजनिक रुपमा क्षमा माग्दै आगामी दिनमा यस्तो गल्ती नगर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । छोटो समयमै गीतको चर्चा होस् भन्ने हेतुले गीतको ६ मिनेट पछिको अन्तरामा प्रयोग भएको एक शब्दलाई पोष्टरमा उतारिएको थियो, जुन आपत्ति जनक शब्द थिए । गीतका शब्द भने परिवर्तन गरिएको छैन ।