‘विक्रम वेधा’को हिन्दी रिमेक बन्ने, सैफअलि हिरो, आमिर भिलेन

मुम्बई,एजेन्सी ।

अभिनेता आर माधवन अभिनित ब्लकबस्टर साउथ चलचित्र ‘विक्रम वेधा’को हिन्दी रिमेक बन्ने भएको छ। पछिल्लो समय बलिउडमा साउथ चलचित्रको हिन्दी रिमेकले निकै तहल्का मच्चाइरहेको छ। तेलेगु चलचित्र 'अर्जुन रेड्डी'को हिन्दी रिमेक ‘कबिर सिंह’ले बक्सअपिसमा जबरजस्त कमाइ गरेको यो एउटा उदाहरण हो।

यसबर्षकै सर्वाधिक कमाउने चलचित्रको लिस्टमा ‘कबिर सिंह’पर्न सफल भएको छ। यतिबेला बलिउडमा ‘विक्रम वेधा’को पनि हिन्दी रिमेकमा लिड रोलमा रहने कलाकारहरुको निकै चर्चा भइरहेको छ। भारतिय एक मिडियाका अनुसार लिड रोलमा अभिनेता आमिर खान र सैफ अली खान रहनेछन्। चलचित्रमा आमिर भिलेनको भूमिकामा देखिने बताइएको छ भने सैफ लिड रोलमा अर्थात मेन हिरोमो रोलमा बताइएको छ । समाचारका अनुसार सैफले पुलिस अफिसरको भूमिका निभाउने छन्। तामिल ‘विक्रम वेधा’को विजय सेतुपतिको भूमिकामा आमिर देखिनेछन् भने आर माधवनको निभाएकामा सैफ देखिनेछन्। भारतीय मिडियाले बताए अनुसार चलचित्रको नाम ‘विक्रम वेदा’ राखिएको छ। तमिल भर्जनको ‘विक्रम वेधा’निर्देशन गरेका निर्देशन गायत्री पुष्करलेनै हिन्दी रिमेकको पनि निर्देशन गर्नेछन्। नीरज पान्डेले निर्माण गर्ने चलचित्रको छायांकन मार्च २०२० बाट शरु हुने बताइएको छ।

हाल आमिर खान आफ्नो होम प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्र 'लाल सिंह चड्ढा' को तयारीमा जुटेका छन्। उनले यस चलचित्रमा करिना कपूर खानसँग रोमान्स गर्दैछन्। यस चलचित्रको छायांकन सकिएपछि उनी ‘विक्रम वेधा’ को हिन्दी रिमेक तर्फ एकीकृत भएर लाग्ने बताइएको छ। उनी अभिनित पछिल्लो चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ असफल भएपछि उनले निकै सोचेर चलचित्र साइन गर्ने गरेका छन्। आशा छ उनको चलचित्र 'लाल सिंह चड्ढा' दर्शकको मनमुटुमा बस्न सफल हुनेछ। आमिर खान र सैफअलिखानले यसअघि 'दिल चाहाता हे', 'परम्परा', 'मुंम्बई टकिज', 'पेहेला नसा' नामक चलचित्रमा काम गरिसकेका छन्।