दशैँलाई ‘रातो टीका निधारमा’ले छोप्यो

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

चलचित्र ‘रातो टीका निधारमा’को प्रदर्शन मिति घोषणा गरिएको छ। चलचित्रका निर्देशक अशोक शर्माले फेसबुकमा स्टाटस पोष्ट गर्दै चलचित्रको प्रर्दशन मितिबारे जानकारी दिएका हुन्। उनले चलचित्र असोज १० गतेबाट प्रदर्शनमा उत्रिने जानकारी दिँदै चलचित्रले घटस्थापना रोजेको बताएका छन्। यसअघि यस चलचित्र फूलपातीमा आउने चर्चा थियो। केही दिनअघि सार्वजनिक गरिएको ‘मेरो माया के हो’ बोलको गीतमा प्रदर्शन मिति खुलाइएको थिएन। तर अशोक शर्माले त्यसदिनको भोली पल्टनै फेसबुकमा प्रदर्शन मिति सार्वजनिक गरेका हुन्। यसअघि घटस्थापनाको अवसर पारेर दीपकराज गिरी टिम निर्मित चलचित्र ‘छ माया छपक्कै’ प्रदर्शनमा उत्रिने भएको थियो ।

तर त्यही मितिको छेउछाउ पर्नेगरी चलचित्र ‘कबड्डी ३’ले असोज ३ लाई आफ्नो प्रर्दशन मिति रोजेपछि ‘छ माया छपक्कै’ हल नपाउने डरले भाद्र २७मै चलचित्र लिएर आउँने भएका छन्। शुरुमा ‘कबड्डी ३’ भाद्र १३ गते प्रर्दशनमा आउने पक्का भएको थियो। उक्त मितिमै प्रभास अभिनित चलचित्र 'साहो' प्रर्दशनमा आउने भएपछि ‘कबड्डी ३’ असोज ३ मा पुगेको हो। सधैँ दशैँलाई कब्जा गर्दै आएका दीपकको टिमले यसपाली भने दशैँलाई आफ्नो मिति बनाउन सफल भएन।

चलचित्र ‘रातो टीका निधारमा’मा साम्राज्ञी आरएल शाहले निर्देशक अशोकका छोरा अंकित शर्मासँग जोडी बाँधेकी छिन्। यिनका अलवा रविन्द्र झा, बुद्धि तामाङ,नीता ढुंगाना, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको चलचित्रमा पनि अभिनय छ। निर्देशक शर्माकी श्रीमती किरन शर्मा र छोरी कृति शर्माले  निर्माण चलचित्रको निर्माण गरेको चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत छ ।