श्रृंखलालाई पपुलर अवार्ड

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

पेजेन्ट नेपाल ईन्टरनेशनलले आयोजना गरेको ‘फेसन एण्ड मोडल अवार्ड–२०१९’मा नेपालको फेसन तथा मोडलिङ क्षेत्रमा योगदान पुर्याउने उत्कृष्ट व्यक्तित्वहरुलाई विभिन्न चार दर्जनभन्दा बढि विधामा पुरस्कृत गरिएको छ । समारोहमा मिस नेपाल २०१८ श्रृंखला खतिवडाले पपुलर पिजेन्ट टाइटल विनरको अवार्ड जितिन् ।

यस्तै मिस नेपाल २००० उषा खड्गीले इभरग्रिन तथा मोस्ट पपुलर मिस नेपालको अवार्ड जित्न सफल भइन् । गीत, संगीत, नृत्यसहितको उक्त रमाइलो समारोहमा एमाजन इन्टरटेन्मेन्टले बेस्ट इभेन्ट अर्गनाइजरको अवार्ड जित्यो भने रोजिन शाक्यले बेस्ट पिजेन्ट एमसीको अवार्ड जिते । कमल खतिवडाले बेस्ट इभेन्ट डाइरेक्टरको अवार्ड जिते भने जोर्डन राजभण्डारीले बेस्ट इभेन्ट मेनेजरको अवार्ड जिते । रमेश श्रेष्ठले बेस्ट सेट डिजाइनरको अवार्ड जित्दा काष्टमण्डप टेलिभिजनले भने बेस्ट पेजेन्ट टिभी च्यानलको अवार्ड जित्न सफल भयो । समारोहमा साप्ताहिकका वरिष्ठ उप–सम्पादक कृष्ण भट्टराईले भने बेस्ट फेसन जर्नालिष्टको अवार्ड जित्न सफल भए ।