कंगनाको आक्रोश: ‘परिवारवादले बलिउडमा जरा गाड्यो, नयाँ क्षमताको कदरै छैन’

मुम्बई,एजेन्सी ।

आफ्नो दमदार अभिनयबाट ३ पटक राष्ट्रिय अवार्ड जितिसकेकी बलिउड अभिनेत्री कंगना रनौटले बलिउड सिने जगतले क्षमताको कदर गर्न जान्दैन भन्दै आरोप लगाएकी छिन् । पछिल्लो समय पत्रकारलाई प्रेस मिटमै गाली गरेपछि कन्ट्रोभर्सीमा परेकी उनले बिभिन्न पापंड पेलेर यस बिषयबाट बल्ल बल्ल उम्किएकी थिइन।

आफ्ना विवादित बयानका कारण चर्चामा आइरहने उनले बलिउडमा क्षमता,प्रतिभाको कुनै पनि महत्व नभएको बताएकी छिन्। उनको अभिनय,निर्देशन र निर्माण रहेको चलचित्र 'मणिकर्णिका'लाई बलिउडमा कसैले महत्व नराखेको बताएकी छिन्। उनले भर्खरै एक मिडियालाई दिएको अन्तरवार्तामा भनेकी छिन् 'सुरूमा आउँदा मलाई क्षमता नै सबै कुरा हो जस्तो लाग्थ्यो,आफूसँग भएको क्षमतालाई प्रमाणित गरेपछि सबै कुरा हुन्छ भन्ने सोचेँकी थिए। तर वास्तवमा त्यतीले नपुग्दो रहेछ। आफ्ना लागि बाटो बनाउन मैले धेरै कुरा गरें, धेरै संघर्ष गरे, मैले चलचित्र निर्माण गर्न स्क्रिप्ट समेत लेख्न सिकें। क्षमता नै सबैथोक हो भनी मैले यती मिहिनेत गरे जब मैले यी सब गरेर आफ्नो प्रतिभा निखारे तब मैले महशुस गरे यो उद्योगमा त प्रतिभाको कुनै कदर नै रहेनछ। महत्वनै रहेनछ।'

बलिउडमा सत्ताको राजनीति गर्ने र खेल खेल्नेहरूले आफ्नो सम्बन्ध र साना माफियाहरूको सहयोगमा एउटा सानो जाल फैलाएको भन्दै कंगनाले भन्डाफोर गरेकी छिन्। उनीहरूले एकअर्कासँग मिलेर काम गर्ने बताउँदै उनले त्यसलाई तोड्न कडा कदम उठाउनुपर्ने भनाइ राखिन्। बलिउडमा परिवारवादले गहिरोगरी जरा गाडेको र यसलाई प्रश्रय दिने सिने-माफियाहरूको पर्दाफास हुन जरूरी रहेको उनले बताएकी छिन्। कंगनाले केहि समयअघि बलिउड भन्दा बाहिरबाट आउने युवतीहरूले यौनशोषण खप्नुपर्ने बताउँदै आएकी थिइन्। बलिउडमा स्टारकिड्सले मात्र स्वतन्त्रता पाउँने गरेको बताउँदै बलिउडमा बाहिरबाट बलिउडमा भविष्य खोज्दै आउनेहरूलाई टिक्न नदिने गरेको भन्डाफोर गरेकी  थिइन्।