अनमोलको ‘एन्टी हिरो’मा, भुवन भिलेन

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ साउन, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">युवा स्टार अनमोल केसी र उनका पिता भुवन केसीले पहिलो पटक एकसाथ स्क्रिन साझेदारी गर्ने चलचित्रको नाम ‘एन्टी हिरो’ राखिएको छ ।&nbsp; तिहारपछि फ्लोरमा जाने तयारीमा रहेको यस चलचित्र आज सोमबार विकास बोर्डमा दर्ता गरिएको छ। दि सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण हुने यस चलचित्र भुवन केसीले निर्माण गर्नेछन्। एफडी कम्पनीले वितरण गर्नेछ। चलचित्रको शिर्ष भूमिका अर्थात हिरोको भूमिका अनमोलले निर्वाह गर्नेछन् भने भुवनले नकारात्मक भिलेनको भूमिका निर्वाह गर्नेछन्। बाबु छोरालाई एकसाथ स्क्रिनमा निकै गजब देखिने अनुमान गर्न सकिन्छ। भिलेनको लुक्सकालागि अभिनेता भुवनले केही महिनादेखि दाह्री काटेका छैनन्। </p><p style="text-align: justify; ">चलचित्रकालागि हालै निर्देशक र अभिनेत्रीको टुंगो लागेको छैन। सिने जगतमा ‘एन्टी हिरो’ प्रदीप भट्टराईले निर्देशन गर्ने चर्चा छ। अब छिटै अभिनेत्रीको पनि छनोट गरिने भुवनले बताएका छन् । यसअघि गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘क्याप्टेन’मा समावेश&nbsp; ‘कर्ली कर्ली कपाल बोलको आइटम गीतमा भुवन र अनमोल एकसाथ पर्दामा देखिएका थिए। दुबैले अभिनेत्री निरुता सिंहसँग रोमान्स गरेका थिए। तर चलचित्रमा भुवन थिएनन्। अहिले स्क्रिप्टमा काम भइरहेको चलचित्र एक्सन र लभस्टोरी फ्ल्वरमा बन्ने छ । चलचित्रअर्को नयाँ वर्षमा प्रर्दशनमा आउने सम्भावना रहेको छ।&nbsp;</p>