‘कबड्डी ३’को शिर्ष गीतमा कालिप्रसादको र्‍याप (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

सफल चलचित्र ‘कबड्डी’को तेस्रो सिक्वेलको रुपमा निर्माण गरिएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को शिर्ष गीत सार्वजनिक गरिएको छ। लोकप्रिय गायक तथा संगीतकार कालीप्रसाद बासकोटाले गीतमा र्‍याप हानेका छन्। गीतको भिडियोमा कालीप्रसाद सँगै अनुपम शर्मालाई देख्न सकिन्छ। गीतमा अनुपमको पनि स्वर छ।

केहि नयाँपन दिन खोजिएको यो गीतको शैली यसअघि सम्भवतः कुनै चलचित्रमा प्रयोग गरिएको थिएन । दर्शक तान्नका लागी नयाँ शैली अपनाइएको बुझ्न सकिन्छ । महेश्वर श्रेष्ठको डि.ओ.पी रहेको गीतमा सञ्जिप राई र बलराम बुढाथोकीको क्यामेरा छ। भिडियोमा मनिष ढकाल र जोशुआ भोलानले नृत्य प्रस्तुत गरेका छन्। गीतको सम्पादन निर्देशक कर्माचार्य स्वयंले गरेका हुन् । यो गीतलाई फिल्ममा पनि राखिएको छ वा दर्शकलाई हलसम्म तान्न यूट्युबमा मात्र सार्वजनिक गरिएको हो यस विषयमा निर्माण टिमले जानकारी दिएको छैन।

स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्धन्द्धको कथामा निर्माण भएको ‘कबड्डी कबड्डी कबड्डी’ रामबाबु गुरुङले निर्देशन गरेका हुन् । यसको कथा निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । शैलेन्द्र डि. कार्कीले खिचेको यो चलचित्र बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो ।

दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, पुस्कर गुरुङ, कविता आले, लुनिभा तुलाधर, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको यसमा अभिनय छ। चलचित्र सम्पादन निमेश श्रेष्ठले गरिरहेका छन् । चलचित्र आउँदो असोज ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।

song: