मंसिर अन्तिममा ‘आइएमई नेपाल लिटरचेर फेस्टिभल’

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

आउँदो मंसिर २७ गते देखी ३० गतेसम्म ‘आइएमई नेपाल लिटरचेर फेस्टिभल’को आठौँ संस्करण हुने भएको छ । फेस्टिभलका अघिल्ला संस्करणझैं यस वर्ष पनि एक सयभन्दा बढी स्वदेशी, विदेशी लेखक, तीन दर्जनभन्दा बढी सेसन र थप रोचक सामग्री समावेश गरिने आयोजकले आइतबार पत्रकार सम्मेलन गरेर जनाएको छ।

यस वर्ष हुने आठौँ संस्करणको साहित्य महोत्सवमा भारतीय लोकसभाका सांसद एवम् लोकप्रिय साहित्यकार डा. शशी थरुर, भारतीय प्रसिद्ध गीतकार एवम् कवि जाभेद अख्तर, भारतीय अभिनेत्री शबना आज्मीलगायत चर्चित अन्तर्रा्ष्ट्रिय हस्तीहरूका साथै देशविदेशका १५० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने बताइएको छ। यस वर्ष महोत्सवमा दक्षिण एसियाली साहित्यकै सर्वोत्कृष्ट एवम् गरिमामय डिएससी पुरस्कार प्रदान गर्न लागिएको जनाइएको छ । २५ हजार अमेरिकी डलरको उक्त पुरस्कार वितरण दक्षिण एसियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले विगत आठ वर्षदेखि प्रदान गर्दै आएको हो ।