‘जाइरा’की एक्सन भिलेन श्रृजनाले देखाएको सम्भावना

आर्टिष्ट खबर/ साउन, काठमाडौं

चलचित्र ‘जाइरा’मा नायिका नम्रता श्रेष्ठ  एक्शन लेडीको रुपमा देखिदै छिन् । यसै गरी उनीसँगै अर्कि नायिका श्रृजना रेग्मी पनि एक्शनमै देखिनेछिन् तर श्रृजना भिलेनको रुपमा उत्रिनेछिन् । उक्त चलचित्र आउँदो भदौ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ । महिला केन्द्रित भनिएको यो चलचित्रमा नम्रता मिक्स मार्शल आर्ट खेलाडीको भूमिका देखिनेछिन् । नम्रतोको विपरित भूमिकामा अर्थात नम्रताको दुश्मनको रुपमा श्रृजना छिन् । उनी चलचित्रमा ‘बुलेट’को भूमिकामा छिन् । चलचित्रमा अभिनेत्री नम्रता र उनले जबरजस्त लडाईं गरेका छन् । ट्रेलरमा पनि त्यसको केही दृश्य अटाइएको छ । अभिनेत्री नम्रताका अनुसार, फिल्ममा अहिलेसम्मकै पावरफुल फिमेल भिलेनको क्यारेक्टर श्रृजनाले निभाएकी छन् ।

चलचित्रको ट्रेलर सार्वजनिक भएपछि श्रृजनाको लुक्स र एक्सनको सर्वत्र प्रशंसा भइरहेको छ । ट्रेलरको एक दृश्यमा उनको बाइक स्टन्टले अझ धेरैको ध्यान खिचेको छ । चलचित्र रिलिज अगावै उनलाई एक्सनमा राम्रो सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेर्न थालिएको छ । उनी पनि यो चलचित्र लिएर आफू निकै आशावादी रहेको बताउँछिन् । चलचित्रमा आफूले एक्सनमा निकै मेहनत गरेको उनको भनाई छ । नम्रता र श्रृजनाका अलावा चलचित्रमा अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, सुजता श्रेष्ठ, सम्राट मगरलगायतको पनि अभिनय छ । यसलाई आशुतोषराज श्रेष्ठले निर्देशन गरेका हुन् । पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन्। कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतीमा बनेको यसका कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् । बाबु श्रेष्ठले चलचित्र खिचेका हुन् ।