वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको निधन !

आर्टिष्ट खबर/ साउन, काठमाडौं

वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार बिहीबार बिहान चार बजेतिर कालिकास्थानस्थित घरमै उनको निधन भएको हो। यसका साथै उनको पार्थिव शरिरलाई बिहीबार दिउसोनै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनको राष्ट्रिय सम्मानका साथ अन्येष्टि गरिएको हो ।  उनलाई राष्ट्रिय सम्मान दिएको थियो। स्व.दीक्षितलाई उनका छोरा विनोदले दागबत्ती दिएका थिए । यसअघि निमोनियाका कारण सुमेरु अस्पतालमा भर्ना गरिएका दीक्षितलाई स्वास्थ्यमा सुधार आएपछि घर ल्याइएको थियो । ९७ वर्षको उमेरमा पनि उनी लेखपढ गर्न सक्ने अवस्थामा थिए ।

उनीप्रति श्रद्धाञ्जलि दिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णुप्रसाद पौडेल, नेता वामदेव गौतम, नेपाल प्रज्ञा– प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायत आर्यघाट गएका थिए । यसअघि उनको शव श्रद्धाञ्जलिका लागि उनको निवास कालिकास्थानमा राखिएको थियो ।  निवासमा श्रद्धाञ्जली व्यक्त गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, नेपाल काङ्ग्रेसका सभापति शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पुगेका थिए ।दीक्षितका ‘माधवी’, ‘ऋग्वेद': केही प्रमुख सुक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन्। नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका थिए । नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ । उनले ‘समीक्षा’,‘आजकाल’लगायत साप्ताहिक पत्रिका सम्पादन गरेका थिए । दीक्षितको जन्म बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका सुपुत्रका रूपमा गैरीधारा, काठमाडौंमा वि.सं. १९७९ फागुन ६ गतेका दिन भएको थियो ।

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार मदनमणिको निधनबाट आफू मर्माहत भएको बताएका छन् । ट्विट गर्दै ओलीले साहित्य दर्शनका ज्ञाता दीक्षितको निधनको खबरले आफू मर्माहत भएको र उनको योगदानलाई वाङ्मय क्षेत्रले सदा स्मरण गर्ने उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले दीक्षितप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना पनि व्यक्त गरेका छन् ।