‘लक्का जवान’को मुहूर्त,छायांकनको शुरुवात काभ्रेबाट

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

हाँस्य कलाकार शिवहरी पौडेलको डेब्यू निर्देशन रहँने चलचित्र ‘लक्का जवान’को सोमबार ललितपुरको बंगलामुखी मन्दिरस्थित शुभ मुहूर्त गरिएको छ। चलचित्रको क्यामेरा पूजा गर्दै  मुहूर्त गरिएको चलचित्रको छायांकन बुधबारबाट  सुरु हुनेछ। हाँस्यकलाकार किरण केसी, शिवहरि पौडेल र अभिनेता दिलीप रायमाझी कार्यकारी निर्माताको रुपमा रहेको चलचित्रमा अनसुया श्रेष्ठ वन्त निर्मात्रीमा छिन् । यस चलचित्रमा दिलिप रायमाझी, शिवहरि पौडेल र किरण केसी स्वयमको पनि अभिनय रहनेछ। यिनका अलवा चलचित्रमा प्रियंका कार्की,सलोन बस्नेत,बर्षा सिवाकोटी,राजाराम पौडेल, सरोज खनाल, जयनन्द लामा,अनुसुया श्रेष्ठ पन्त सुशील पोख्रेल, रमेश केसी, सबित गुरुङ, बिमला गिरी,अन्जु मर्हजन, मनिसा श्रेष्ठ,धनिराम मुस्कान,यमन श्रेष्ठ, बिनोद केसी, स्वस्तिका लामिछाने,कंचन सापकोटा, डोमा शेर्पा र लक्ष्मी श्रेष्ठ लगायतको भूमिका रहनेछ ।

सह-निर्मातामा राजाराम पौडेल, दीपेन्द्र खनिया, सुरेन्द्र केसी, सुशील अर्याल, डेजी अर्याल र राज केसी रहेका छन्। प्रर्दशन मिति चैत ७ गतेलाई घोषणा गरिएको चलचित्र पारिवारिक कथासँगै कमेडी जनरामा बन्ने बताइएको छ। चलचित्र छायांकनको पहिलो स्थान काभ्रे तोकिएको छ। चलचित्रको काभ्रेमा ७० र बाँकी छायांकन काठमाडौंमा हुनेछ। कविराज गहतराजको कोरियोग्राफी रहने चलचित्रमा बाबुल गिरीको संगीत रहेको छ ।