‘च च हुई’मा आर्यन र मिरुनाको सुहाएको जोडी (फोटोफिचर)

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

आउँदो मंसिर ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ चलचित्र ‘च च हुई’मा नायका आर्यन सिग्देल र नायिका मिरुना मगरको जोडीलाई देख्न पाइनेछ । हालै निर्माण टिमले केहि तस्बिर सार्वजनिक गरेको छ। जुन तस्बिरमा आर्यन र मिरुना देखिएका छन् । उनीहरुसँगै चलचित्रका अर्का मुख्यकलाकार भोलाराज सापकोटालाई पनि देख्न सकिन्छ ।

सार्वजनिक तस्बिर चलचित्रमा समावेश ‘सिल्की सिल्की बाल’बोलको गीत छायाँकनको हो, जुन मुस्ताङ्गको चुसाङ्गमा छायाँकन गरिएको थियो । झन्डै एक सातालगाएर छायाँकन गरिएको गीतको कोरियोग्राफी शिशिर खातीले गरेका हुन् । गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको छ भने यसलाई राजनले नै कम्पोज गरेकाहुन् । गीतमा राजनसंगै अमृत घोले लामा र श्याम लामिछानेको शब्द रहेको छ ।

एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाको लगानी रहेको यो चलचित्रमा आर्यन, मिरुना र भोलाराजसँगै माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ल लगायतको पनि अभिनय छ । चलचित्र साम्तेन भुटियाले निर्देशन तथा सम्पादन गरेका हुन् भने यसमा सुशन प्रजापतिको छायाँकन रहेको छ । ‘च चहुई’ को पटकथा सिजनदाहाल र सन्देश अर्यालले लेखेका हुन् ।

चलचित्रका गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशनथापाको संगीत छ । यसमा निमा लामाको मेकअप, रेनिशफागोको कलर करेक्सन, श्री श्रेष्ठको द्वन्द, शिशिर खातीको कोरियोग्राफी, सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ ।