रविकी श्रीमती निकिता पौडेल प्रहरीमा जाहेरी दिन पुगिन्

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।</span></pre><p style="text-align: justify; ">चलचित्र बिकासबोर्डकी पुर्वअध्यक्ष तथा चर्चित पत्रकार रवि लामिछानेकी पत्नी निकिता पौडेल महानगरीय प्रहरी परिसर टेकुमा जाहेरी दिन पुगेकी छिन् ।प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर जाहेरी दिन पुगेकी हुन् ।</p><p style="text-align: justify; ">मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र ७७ अनुसार जाहेरी दर्ता गर्न लागेको निकिता पौडेलको अधिवक्ता राजेन्द्र सेढाईले जानकारी दिए । यद्यपि, कार्यालय प्रमुख र उपप्रमुख नरहेको भन्दै उनको उजुरी भने दर्ता हुन सकेको छैन । पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ अनुसन्धान गरिरहेको छ।<br></p>