अब फिल्म खेल्दै रामकृष्ण ढकाल

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

प्रसिद्ध गायक रामकृष्ण ढकालले चलचित्रमा अभिनय गर्ने तयारी भइरहेको बताएका छन्। आफ्ना गीतहरुको भिडियोमा फाटफुट अभिनय गर्दै आएका रामकृष्णले ठूलोपर्दाको चलचित्रमा कामगर्ने गृहकार्य भइरहेको बताए । शुक्रबार चलचित्र जाइराको बिशेष शो हेर्न पुगेका रामकृष्णले अहिले आफूले काम गर्ने चलचित्रको स्क्रिप्टको काम भइरहेको खुलाए । ‘अहिलेनै सबै कुरा त भन्न सक्दिन, स्क्रिप्टको काम भइरहेको छ । छ्टिटै दर्शकले देख्न पाउनुहुनेछ ।’ रामकृष्णले भने । ‘मुख्य भूमिकामै देखिदैछु चलचित्रमा।’

नेपालमा प्रसिद्ध गायकहरुपनि नेपाली चलचित्रक्षेत्रमा अभिनय गरेर फरक छाप बनाइसकेका छन्। त्यहि दौडमा गायक रामकृष्ण पनि देखिन्छन्। गायकीको जादुले सबै स्रोताको मन जितेका रामकृष्णले अभिनयको जादुबाट कत्तिको दर्शक मटुल्छन् त्यो भने उनले भनेझै केहि समय कुर्नैपर्ने देखिन्छ।