‘रबि जीको पक्षमा ठूलो समर्थन छ’: दीपकराज गिरी

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

चितवन प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मि रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने भन्दै नेपालका चर्चित कलाकारहरुले लामिछानेको रिहाइको माग गरेका छन् । शनिबार राजधानीको रिपोर्टस क्लबमा आयोजीत अन्तक्र्रियामा कलाकारहरुले स्व. पत्रकार सालिकराम पुडासैनीको हत्या हो वा आत्महत्या हो त्यसमाथि निश्पक्ष छानबिन हुनुपर्ने भन्दै आफ्नो धारणा राखेका थिए । साक्षात्कारमा कलाकार दीपकराज गिरी, निर्मल शर्मा, नायक रमेश उप्रेती, निखिल उप्रेती लगायतले धारणा राखेका थिए। कार्यक्रममा बोल्दै अभिनेता तथा चलचित्र निर्माता दीपकराज गिरीले आफूपनि अहिले पछिल्लो समय भएको घटनाजस्तै एकघटनाबाट गुज्रिएको बताए। ‘मैले फेसबुकमा पनि लेखेको छु। पछिल्लो कारण आयो, त्यसमा बोल्न चाहन्छु। त्यस्तै पीडाबाट म पनि गुज्रिरहेको व्यक्ति हुँ। आत्महत्या गर्नेप्रति मेरो समवेदना छ। चलचित्र प्रदर्शनको सिलसिलामा एक जना भाई यही पीडाबाट गुज्रिनुपर्यो। त्यो पीडा मैले नजिकबाट आत्मसात गरेको छु । संसार एउटा महाभारत हो । हरेक प्रकारका युद्धको सामना गर्नुपर्छ । अन्याय हुन्छ भने कानुनको ढोका ढकढकाउनुपर्छ । जीवनको नाम संघर्ष हो ।’ दीपकले भने । ‘रबि जीको पक्षमा ठूलो समर्थन छ । चासो छ। अहिले हामीले कानुन संशोधन गरेका छौं । म त कानुनमै दोष देख्छु । आक्षेप लगाउने मान्छे १०० प्रतिशत सत्य हुँदैन । कानुन सुधार गर्नुपर्छ । यदि कोही मान्छेले म त मर्छु र अरुलाई पनि दुःख दिन्छु भन्यो भने धेरै मान्छे कष्टडीमा हुन्छन् ।’ उनले आफू र रवि लामिछानेबीच निकै लामो मित्रता रहेको सुनाए ।

यस्तै नायक निखिल उप्रेतीले विशुद्ध नेपाली झण्डामुनि बसेर सत्य बोल्ने मान्छेले नेपालमा दुःख पाउने भन्दै मानवता हराएको बताए । ‘हामी सत्यको पक्षमा लडौं ।’ देश र जनताप्रति राजनीतिक गर्ने व्यक्तिहरु इमानदार हुनुपर्ने उनको भनाइ छ। तर, शक्तिकेन्द्रित भएपछि मान्छे नशामा केन्द्रित हुने उनले प्रष्ट्याए । कानुनको व्याख्या नै गलत छन् भने कानुनले कसरी काम गर्छ ? नेपाली झण्डाको मुनि बसेर काम गरौं ।’ निखिलले भने ।  ‘रविजीलाई मात्रै होइन, यहाँ स्वतन्त्र रुपमा सत्यको पक्षमा लड्नेमाथि यो अवस्था सिर्जना गरिन्छ। अपराध गरेको व्यक्तिलाई डर हुन्छ । हामीले लड्नुपर्ने यसको विरोधमा हो । हामी रविजीको पक्षमा एकजुट हौं । धेरै विश्लेषण नगरौं ।’अर्का नायक रमेश उप्रेतीले रवि लामिछाने पक्राउ प्रकरणमा छिटोभन्दा छिटो छानबिन हुनुपर्ने माग गरे । उनले भने,‘म रविजीको साथी हो । छिटोभन्दा छिटो छानबिन होस् । निश्पक्ष होस् । बिना कुनै दबाब काम गर्न दिइयोस् । यो देशमा अदालत छ। श्रीमान हुनुहुन्छ । यो केश कोर्टमा गैसक्यो। प्रेसर दिएर राम्रो निर्णय ल्याउँदैन ।’यस्तै शनिबार एक कलाकारको टिम चितवन तर्फ लाग्यो । चलचित्र छ माया छपक्कैको टिम रबिलाई भेट्ने र निश्पक्ष छानबिनको दबाब दिनेका लागी कलाकार दीपकराज गिरी, दीपाश्री निरौला लगायतको टिम शनिबार नै चितवन प्रस्थान गरेको हो । रबिलाई छानबिनका लागी दोस्रो पटक हिरासतमा राख्नका लागी थप गरिएको पाँचदिनको समय आइतबार सकिदैछ ।