यसबर्ष उत्कृष्ट तीज गीत छानिने

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

यसबर्ष पनि सार्वजनिक भएका तीज गीत मध्येका उत्कृष्ट गीतहरु छनोट गरिने भएको छन् । मौलीक संगीतको विकाशमा तीज पर्वमा खासगरी महिलाका आवाजहरु गुञ्जीन्छन् । आजभोली बदलीदो परिस्थितिमा पुरुषका स्वर पनि प्राथमिकतामा आउन थालेको छ । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितीर समेत धकेलिन लागेको आरोप लागीरहन्छ । आरोप – प्रत्यारोप जे भएपनि तीज संगीत फस्टाउँदो भने पक्कै छ । यहि तीजको परम्परालाई कायम राख्दै छैठौ छायाँछबि तीज म्युजिक अवार्ड –०७६ को आयोजना गर्न लागिएको हो ।

तीजको अवसरमा प्रकाशित गरिने तीज गीतको संख्या गत बर्षहरुमा भन्दा यस पटक केही कमी आएको छ । तर पनि तीजका अबसरमा संलग्न हुने सर्जकहरुलाई सांस्कृतिक पर्व तीजका अवसरमा प्रोत्साहन मिलोस र तीजका गीतले र त्यसका श्रष्टा÷सर्जकले प्रोत्साहित हुने मौका पाउन् भन्ने धेयका साथ यो अवार्डको आयोजना गरिन लागेको हो ।

‘मौलिक सांस्कृतिक पर्व तीजलाई हामी मनोरञ्जनको भन्दा पनि संस्कृतिको संम्बर्धन एवं प्रबर्धन सँग जोडेर अवार्ड आयोजना गरिरहेका छौं । मुलतः मनोरञ्जन सँगसगै संस्कृतिको पर्व तीज अवार्डको छठौैं श्रृंखलामा उत्कृष्ट ५ को मनोनयनमा पर्नुहुने सबै श्रष्टालाई बधाई छ । तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन आइपुग्नु भएका सबै श्रष्टा सर्जकहरुले सांस्कृतिक पर्व तीजका लागी आफ्नो साँस्कृतिक धर्म निभाउनु भएकोमा हार्दिक आभार प्रकट गर्दछौं ।’ आयोजकले भनेको छ ।