गीत-संगीतमा तल्लिन् गायक सन्तु थापा

आर्टिष्ट खबर/भदौ,काठमाडौं ।

नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा बि.स. २०६८ सालदेखी आफ्नो गायक कला देखाइरहेका सन्तु थापा पछिल्लो समय पनि उत्तिकै सक्रिए छन् । बिशेषगरी दोहोरी, सोरठी, पन्चेबाजा, सालैजो, कौरा, रोइला लगायतका लोकगीतको क्षेत्रमा आफ्नो पहिचान बनाइसकेका सन्तुले आफू गीतसंगीतको लतमा परेको बताउँछन् ‘अरु मानिस बिभिन्न अन्य कुराको लतमा परेको सुन्छु देख्छु तर आफूलाई त गीतसंगीतकै लतले समातेछ ।’ सन्तुले हिमालय टाइम्ससँग भने । ‘यो लत दर्शक तथा स्रोताकै मायाले लागेको हो । खुसी छु ।’ सांगीतिक क्षेत्रमा ‘आफै पनि जानिन’बोलको लोकपप् गीतबाट गायन यात्रा सुरु गरेका सन्तुले अहिलेसम्म दर्जन बढी चर्चित गीत दिइसकेका छन् ।

सन्तुले महिलाहरुको महानचाड हरितालिका तीजलाई पनि लक्षित गर्दै नयाँ गीत सार्वजनिक गरेका छन् । यसबर्षका लागी गायिका मन्जु पौडेल सँगको सहकार्यमा उनले तीज गीत सार्वजनिक गरेका हुन् । सन्तुले अहिलेसम्म गीत गाउनकै लागी दर्जन बढी देश पुगिसकेको बताउँछन् । युके, अस्टेलिया, बेल्जियम, स्पेन, इटाली, नेदरल्याण्ड, फान्स, मलेसिया, दुबई, थाइल्याण्ड, भारत लगायतका देशहरुमा उनले सांगीतिक कार्यक्रमका लागी यात्रा गरिसकेका छन् ।