सलमान र आलियाको ‘इन्शाअल्लाहको’ स्थगित

मुम्बई,एजेन्सी ।

करिब २० वर्षपछि बलिउडका चर्चित निर्देशक संजय लीला भन्साली सलमान खानसँग चलचित्र 'इन्शल्लाह'मा एकसाथ काम गर्दैछन्। इन्शल्लाह अभिनेत्री आलिया भट्ट र सलमानको पहिलो चलचित्र हो। पहिलो पटक सलमान र आलिया एकसाथ पर्दामा देखिने भएकोले यस चलचित्रको घोषणा देखिनै अडियन्स निकै उत्साहित देखिदैँ आएका छन् ।

सलमान र आलियाका फ्यानहरू उत्सुकताका साथ यस चलचित्रको लागि कुर्दै छन्, तर हालै सार्वजनिक भएको एक भारतिय समाचारले पक्कै उनीहरूका फ्यानहरूलाई निकै निराश बनाउनेछ। भन्साली प्रोडक्शन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि सलमान खान र आलिया भट्टको बहुप्रतीक्षित चलचित्र इन्शाअल्लाहको शूटिंग रोकिएको छ। अब जब यसको शूटिंग सुरु हुन्छ, यसको आधिकारिक घोषणा छिट्टै गरिनेछ। यसअघि चलचित्र २०२०को ईद मा प्रर्दशन गरिने बताइएको थियो । हाल सलमानले यसबारे एक ट्विट गर्दै लेखेका छन् । 'इन्शाअल्लाह' २०२०को ईद मा प्रर्दशन हुने छैन। चलचित्रको प्रर्दशन मिति विस्तार गरिएको छ। हाल चलचित्रको शूटिंग रोकिएको छ।' तर उनले किन चलचित्र २०२०को ईद मा प्रर्दशन नहुने र किन शूटिंग रोकिएको यसको कारण भने खुलाएका छैनन् ।