‘पलेँटी’मा लेकाली परिवारको प्रस्तुति रहने

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।</span></pre><p style="text-align: justify; ">यही भदौ १३ देखि कालिकास्थानस्थित ‘आर’ शालामा ‘पलेँटी’ शृखला नाम तोकिएको सांगीतिक कार्यक्रमको आयोजना हुने भएको छ। उक्त सांगीतिक कार्यक्रममा प्रस्तुति दिन लेकाली परिवारका हिरण्य भोजपुरे, गणेश रसिक र उर्मिला श्रेष्ठ रिहर्सलमा लागिपरेका छन् । सांगीतिक समूहमा गणेश रसिक, हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठबाहेक निर्मला श्रेष्ठ, शशि भण्डारी, इन्द्रनारायण मानन्धर, कमला श्रेष्ठ र नवीन किशोरले सहभागी जनाउने छन्। लेकाली परिवारले तीन दिन चल्ने ‘पलेँटी’मा संगीतकार सांगीतिक यात्राको सम्झना गर्दै सांगीतिक प्रस्तुति दिनेछन्।</p><p style="text-align: justify; ">लेकाली परिवारले&nbsp; विसं. २०२५मा महेन्द्र पुलिस क्लबमा ‘छहाराको गीत’ शीर्षक दिएर आफ्नो औपचारिक सुरुवात गरेको थियो । कार्यक्रममा गाइएका ‘लहरा पहरा’, ‘ट्याम्के डाँडा’ ‘ए है है’, ‘काफल पाक्यो’, गीतहरूले निकै चर्चा बटुलेका थिए।पलेँटीमार्फत 'लेकाली परिवार'लाई वर्तमान समयमा सुन्न र सुनाउन पाउनु ऐतिहासिक सांगीतिक घटना हो । लेकालीले अंगालेको सांगीतिक बाटो नेपाली संगीत संसारको पृथक बाटो थियो,’ पलेँटी संयोजक आभासले भने ।विगतका सृजनाकर्मको दिनहरू सम्झँदै ,‘हामी गोठाले जीवन बिताएका मान्छे। राजधानी टेकेपछि तिनै गोठाले शब्दहरूलाई भाकामा गाइयोस् सुन्नेले लोकगीतकै दर्जा दिए ।’ गणेश रसिकले भने ।</p>