दीपक-दीपाको ‘छ माया छपक्कै’को फर्स्टलुक सार्वजनिक

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।</span></pre><p style="text-align: justify; ">दिपेन्द्र लामा निर्देशित चलचित्र ‘छ माया छपक्कै’को फर्स्ट लुक्स सार्वजनिक भएको छ। दीपक-दीपाको यस चलचित्रको फर्स्ट लुक्स पोष्टरमा दीपक राज गिरी, जितु नेपाल केदार घिमिरे र केकी अधिकारीलाई स्थान दिइएको छ। तर पोष्टरमा दिपाश्री निरौला अटाएकी छैनन् । पोस्टरमा घुम&nbsp;ओडीरहेकी केकीलाई चलचित्रका तीन लिड पात्रहरुले आँखा लगाइरहेका छन् ।&nbsp;</p><p style="text-align: justify; ">रोहित अधिकारीको लगानी रहेको यस चलचित्रको फर्स्ट लुक्सले दीपक-दीपाको यसअघिका चलचित्रहरु भन्दा केही फरक बनेको प्रस्ट्याएको छ । दीपक राज गिरी, दीपाश्री निरौला ,केकी अधिकारी, जितु नेपाल, केदार घिमिरेलगायतका कलाकारको अभिनय रहेको चलचित्रमा जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माताका रुपमा रहेका छन् । त्यसैगरी ताराप्रसाद बजगाईं, दिपेन्द्र खनिया, केशव न्यौपाने, सुरज बम ठकुरी, रविन डाँगी र सुमन गिरी भान्जा सह-निर्माताका रुपमा रहेका छन् । निर्माण टीमले हालसम्म चलचित्रको प्रर्दशन मिति तय गेरेको छैन ।<br></p>