सलमानको ‘इन्शाअल्लाहको’ रेट निर्माण अघिनै १९० करोड

मुम्बई,एजेन्सी ।

बलिउड अभिनेता सलमान अभिनित नयाँ चलचित्र ‘इन्शाअल्लाह’को थिएटर राइट्स पेन इन्टरटेन्मेन्टले १ सय ९० करोडमा किनेको छ । अहिले एक गीतको छायांकन भइरहेको यो चलचित्रको निर्माणको काम नसकिदै उक्र महंगो मुल्यमा बिक्रि गरिएको बुझिएको छ । यद्यपि, अहिलेसम्म यस विषयमा आधिकारिक बयान आएको छैन ।

निर्देशक सञ्जय लीला भन्सालीले निर्देशन गरेको यो चलचित्रमा नायिका आलिया भट्टले २० वर्षिय युवतीको भूमिका निभाउने छिन् । भने, अभिनेता सलमान ४० वर्षको अर्धबैशे पुरुषको भूमिकामा देखिनेछन्। आलिया र सलमानको बीच उमेरको ठूलो अन्तर भएका कारण फिल्मको कास्टिङलाई लिएर विभिन्न सवाल उठेको छ । यद्यपि, यो फिल्मको दर्शकमा व्यग्र प्रतिक्षा छ । पहिलो पटक सलमान र आलियाले स्क्रिन साझेदारी गर्न लागेका हुन्। चलचित्र ‘हम दिल दे चुके सनम’ रिलिजको करीब २० वर्षपछि निर्देशक सञ्जय लीला भन्साली र अभिनेता सलमान खानले यो फिल्ममा काम गर्न लागेका हुन् । सञ्जयले अभिनेत्री आलियासँग पनि पहिलो पटक काम गर्न लागेका हुन् । अर्को वर्षको इदमा फिल्म रिलिज हुनेछ ।