आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

'द भ्वाइस अफ नेपाल' सिजन वनका प्रतिस्पर्धी सुशील गर्तौलाको स्वरमा पहिलो गीत रेकर्ड भएको छ। ‘पहिलो यो माया’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ। गीतमा धनबहादुर गोपली र श्री केसीको शब्द तथा संगीत रहेको छ। 'द भ्वाइस'को ब्लाइन्ड अडिसनमा चारै जना कोचलाई आफुतिर फर्काएर स्टेजलाई गुञ्जयमान बनाएका उनको प्रस्तुती हेरेका सारा दर्शक तथा कोचले उनको गायकीको प्रशंसा गरेका थिए।

रागलाई पाँचवटा नोटमा खेलाएर कोच प्रमोदको आँखाबाट हर्षका आँशु बगाउँन सफल उनी निकै चर्चामा आएका थिए । ब्लाइन्ड अडिसनमा उनले यसै गीतको राग गाएका थिए। गीतको भिडियोमा भने शेखर सुवेदी र समीक्षा पोखरेलको अभिनय रहेको छ । उत्सव दाहालले खिचेको भिडियोमा प्रकाश धितालको निर्देशन र सन्तोष राजबाहकको नृत्य निर्देशन सन्तोष राजबाहकको रहेको छ।

song: