‘शिवा’-दि लिडरमा पत्रकार बन्दै संचिता (ट्रेलर)

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

नयाँ चलचित्र ‘शिवा’–दि लिडरको ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार राजधानीमा कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा एक्शन, लभ, कमेडी तथा सेन्टिमेन्टस्को समिश्रण पाइन्छ। कार्यक्रममा चलचित्रको पोष्टर पनि सार्वजनिक गरियो।अभिनेता ज्याक श्रेष्ठ (राजु) ले निर्माण गरेको यो चलचित्र आउँदो मंसिर २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ। हिमश्री फिल्मस्को ब्यानरमा सुकराज बिक र मदन खत्री निर्माता तथा सुनीता तामाङ र सुदर्शन बस्नेत कार्यकारी निर्माता छन्। रामकाजी घिमीरेको लेखन र निर्देशन रहेको चलचित्रको गीतमा बसन्त सापकोटाको संगीत, कमल राई र लिगेश भट्टराईको कोरियोग्राफी,सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र राजु ढुंगानाको सम्पादन छ।

श्रीराम बालाजी फिल्मस्ले बितरण गर्ने फिल्ममा किशोर खतिवडा शीर्ष भूमिकामा छन्भने उनलाई साथ दिने संचिता लुईटेल पत्रकारको भूमिकामा प्रस्तुत भएकी छिन्। किशोर र संचिताका साथमा ‘शिवा’ मा पूर्णिमा लामा,ध्रुव कोइराला,ज्याक श्रेष्ठ, देव श्रेष्ठ, सपना श्रेष्ठ, होम दवाडी, शम्भु गहतराज, निश्चल दाहाललगायतका कलाकारको अभिनय छ। कार्यक्रममा ‘शिवा’ लाई कलाकार उत्तम केसी, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, मोटिभेटर रबिन कट्वाललगायतले शुभकामना ब्यक्त गरेका थिए।

Trailer