जिग्री,पाँडे बिनाको ‘भद्रगोल’ हेरेपछि दर्शकले दिए यस्तो प्रतिक्रिया

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

गत साउनदेखि रोकिएको चर्चित हाँस्य टेलीशृङ्खला ‘भद्रगोल’ शुक्रबार देखि फेरी प्रशारमा आएको छ। मिडिया हबकै प्रस्तुतिमा नयाँ कथावस्तु, नयाँशैली र नयाँ कलाकारका साथ हिजो अर्थात शुक्रबार ‘भद्रगोल’को पहिलो शृङ्खला प्रसारण गरिएको थियो। अर्जुन घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री), सागर लम्साल (बले), हरिश निरौला (क्रकोज), रक्षा श्रेष्ठ लगायतका कलाकारहरुले छाडेको ‘भद्रगोल’ हेरेपछि दर्शकले निकै खल्लो महसुुस गरेको प्रतिक्रिया दिएका छन्। तीन बर्षदेखि नियमित प्रसारण हुदैँ आएको ‘भद्रगोल’ कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ले नियमित निर्देशन गर्दै आएका थिए। दर्शक माझ जिग्री र पाँडे पात्र निकै लोकप्रिय मानिन्छ।

केही साता पहिले सामाजिक सञ्जालमार्फत् एक लामो स्टाटस पोष्ट गर्दै ‘भद्रगोल’का निर्देशकसमेत रहेका कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले ‘भद्रगोल’ बन्द भएको जानकारी गराएका थिए। टेलीशृङ्खलाको सम्पूर्ण राइटस कार्यक्रम उत्पादक मिडिया हबसंग रहेको र आफूहरुले त्यसको सम्पूर्ण अधिकार सर्जक (आफूहरु)मै हुनुपर्छ भनेर निरन्तर पहल गरेपनि त्यो नपाएको साथै पारिश्रमिक पनि नपाएको हुनाले टेलीशृङ्खला छाड्न वाध्य भएको बताए। उनले भने ‘हामीले सिर्जना गरेको ‘भद्रगोल’ब्रान्डको राइटस् हामीसंग नभई मिडिया हबले हामीलाई नसोधी दर्ता गरेको छ’।

हामीले पाउनुपर्ने पैसा आजको दिनसम्म पनि चुक्ता भएको छैन्। त्यसैले यस्तो अवस्थामा काम गर्न सक्दैनौ भनेर हामी सबैले छाडयौं।’शुक्रबार प्रसारण भएको  ‘भद्रगोल’लाई ज्योति काफ्ले र अशोक धितालको निर्देशन गरेका हुन्। असोक यस अगाडि पनि उक्त शृङ्खलामा बाहुन डनको भूमिकामा रहेका थिए भने काफ्ले मङ्गल थाडुको भूमिकामा देखिएका थिए। नेपाल टेलिभिजनबाट हरेक शुक्रबार साँझ ८ः३० बजे प्रसार हुँदै आएको ‘भद्रगोल’को नयाँ शृङ्खला पनि सोही समयमा प्रसार भएको छ। श्रृखलामा ज्योति र अशोकसँगै नयाँ कलाकार राधा श्रेष्ठ, सुजित थापा , राम बुढाथोकी, अनुमति नेपाली, राजु भुजेल, अर्जुन तिमिल्सिना आदि कलाकारको अभिनय रहेको छ।