भद्रगोलका जयन्तीको फेसबुकले जुराएको जोडि

...

govinda koirala - bhadragol मंसिर २७, काठमाडौं । चर्चित हाँस्य टेलिश्रृंखला भद्रगोलका कलाकार गोबिन्द कोइराला (जयन्ते)ले विवाह गरेका छन् । कलंकी बस्दै आएका कलाकार कोइरालाले भोटेवहालमा बस्दै आएकी मनिता घिमिरेलाई सँग विवाह गरेका हुन् । उनीहरुको एकबर्ष अघि फेसबुक मार्फत चिनजान भएको थियो । मनिताको स्थाथी घर नुवाकोट बिदुरमा रहेको छ ।
bhadragol artits
विवाहमा भद्रगोल टिमका धेरै कलाकारहरु उपस्थित देखिन्थे । उपस्थित कलाकारहरुले नवजोडिलाई शुमकामना दिनुका साथै भद्रगोलमा कोइरालाको चर्चित हाँसोका साथमा कमेडी गरेका थिए । कलाकार अर्जुन घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री), सागर लम्साल (बले), हरी निरौला (कक्रोज), सिताराम कटुवाल (सितेबा), शंकर आचार्य लगायतका कलाकारहरु उपस्थित थिए ।

bhadragol tv