‘पासवर्ड’ अन्य धेरै देशहरुमा प्रदर्शन हुने, सन्नी लियोन हुन् कारण ?

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

आउँदो शुक्रबार भदौ २७ बाट नेपाली चलचित्र ‘पासवर्ड’ प्रदर्शनमा आउँदैछ । यस चलचित्रका निर्देशक सम्रात बस्नेतका अनुसार यो चलचित्र नेपाली चलचित्रक्षेत्रमै पहिलो पटक बिदेशका सिनेमा हलहरुमा पनि प्रदर्शन हुँदैछ। नेपाली फिल्मलाई पनि बिदेशका हलहरुमा रिलिज (प्रदर्शन) गर्नुपर्छ भन्ने माग नेपाली चलचित्र निर्माता तथा निर्देशकहरुले पहिल्यै देखी गर्दै आएका हुन् । तर बिदेशी बजारमा नेपाली फिल्म पुग्नका लागी बिदेशका दर्शकले बुझ्ने हुनुपर्छ अर्थात ‘सब टाइटल’ देखी मेकिङमा बिशेष ध्यान दिनुपर्छ। बलिउड तथा हलिउडले सयौं करोड लगाएर निर्माण गरेका फिल्म सँगै एकदेखी दुई अथवा तीन करोड सम्ममा बनेका नेपाली फिल्मले प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन । नेपालमा पनि आफ्नो अर्गानिक फिल्म भन्दा बिदेशी फिल्म नै बढि हेरिने तथ्यांक छ ।

बिदेशी बजारमा पनि नेपाली चलचित्र प्रदर्शन हुनुको मुख्य कारण यसमा अभिनय गरेकी बलिउड नायिका सन्नी लियोन हुन् । अर्थात बिदेशका हलहरुमा प्रदर्शन गर्न सहज भएको कारण सन्नी लाई लिन सकिन्छ । निर्देशक सम्राटका अनुसार नेपालसँगै बिदेशका १२ देशमा एकसाथ ‘पासवर्ड’ प्रदर्शन हुँदैछ। ‘यो भन्दा अघि केहि चलचित्र बिदेशका हलहरुमा पनि प्रदर्शन भएका थिए होलान् तर यसपटक मेजर हलहरुमै पासवर्ड लाग्दैछ । जुन बलिउड र हलिउडका ठूलो फिल्म प्रदर्शन हुन्छन् तिनै हलमा पासवर्ड हेर्न पाइनेछ।’ ‘जहाँसम्म लाग्छ यो नै पहिलो नेपाली फिल्म होला, जुन बिदेशका यति धेरै देशमा एकसाथ प्रदर्शन हुँदैछ ।’

के फिल्मको चर्चाकै लागी सन्नीलाई नेपाली फिल्ममा ल्याइएको हो ? यो प्रश्न गर्न नपाउँदै निर्देशक सम्राट भन्छन् ‘एक हिसाबले चर्चा तथा ब्यावसाहिक हिसाबले सोचिन्छ त्यो पक्कै हो तर अर्को मेजर कुरा के हो भने नेपाली फिल्म सधैं नेपालमा नै बस्ने कि अन्तर्राष्ट्रियस्तरमा पुग्ने भन्ने कुरा हो । हाम्रो उदेश्य नेपाली फिल्मलाई बिदेशमा पु¥याउनु पनि हो ।’ यो चलचित्र नेपाल प्रदर्शनको दुई साता पछाडि विदेशका १२ देशका २४ शहरमा एकसाथ प्रदर्शन हुने निश्चित भएको छ । मलेसिया, जर्मनी, पोर्चुगल, क्यानडा, दुबई, अमेरिका, अस्ट्रेलिया, कोरिया, जापान, भारतलगायतका देशमा प्रदर्शन हुने बताइएको छ । सेप्टेम्बर २७ अर्थात् असोज १० फिल्मको विदेश प्रदर्शन सुरु हुनेछ। सन्नी भारतबाट आज (बुधबार) साँझ नेपाल आउँदैछिन्। उनी बिहीबार ‘पासवर्ड’को प्रिमियर शोमा सहभागी हुनेछिन् । साथै सन्नी नेपालमा कति दिन रहने र कुन ठाउँमा घुम्ने भन्ने बिषय तय नभएको निर्देशक सम्राट बताउँछन् ।

‘पासवर्ड’का मुख्य कलाकार मध्येका एक नायक अनुप बिक्रम शाहीले पनि पासवर्ड टिमसँग काम गर्न पाउँदा खुसी लागेको बताए । अन्य नेपाली फिल्मलाई पनि बिदेशी बजारमा पुयाउन पासवर्डले महत्वपुर्ण भूमिका खेल्नेमा विश्वास राखे। साथै उनले नेपाली फिल्मकै इतिहासमा महँगो फिल्ममा पासवर्ड रहेको अनुमान गरे । उनी भन्छन् ‘सायद नेपाली फिल्म मध्येकै महँगो फिल्म पासवर्ड हो । किनकी यसमा आर्थि हिसाबमा निकै खर्च पनि गरिएको छ ।’ तर अनुप र निर्देशक सम्राट दुबैले चलचित्रको लगानी बारे बोल्न चाहेनन् । ‘लगानी यति नै भन्न सक्दैनौ । फिल्म बनाउने क्रममा कुनैपनि आनाकानी भएको छैन ।’ निर्देशक सम्राटले भने ।

यो फिल्मको अधिकांश छायांकन यूकेमा भएको हो । नेपालबाट चोरिएर लण्डन पु¥याइएको मन्दिरको मूर्तिलाई नेपाल ल्याउन मुख्य पात्रले गर्ने संघर्षमा फिल्म आधारित छ । एक्सन–लभस्टोेरी फिल्ममा सन्नी, अनुपविक्रमसँगै विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, छुल्ठिम गुरुङलगायतका कलाकारहरुको अभिनय छ । निर्देशक बस्नेत स्वयंको द्वन्द्व निर्देशन रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत छ । अमरजीत सिंहको छायांकन र सौरभ लामाको डिओपी रहेको फिल्मको पटकथा निर्देशक बस्नेत र महेश दवाडीले लेखेका हुन् । भने, कथा सिमा गुरुङको हो । फिल्ममा अमित बस्नेत र हिराल जोशी निर्मातामा छन् ।