‘प्रेम संसार’को पहिलो गीतमा प्रेम आयुष्माको रोमान्स (भिडियो)

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

चलचित्र ‘प्रेम संसार’को पहिलो गीत सार्वजनिक भएको छ। राजेश पायल राई र अन्जु पन्तको सुमधुर स्वर रेहेको ‘सुनैना सुनैना’ बोलको रोमान्टिक गीतमा चलचित्रमा मुख्य भूमिकामा रहेका अभिनेता प्रेम सोनी र अभिनेत्री आयुष्मा कार्कीको प्रेम झल्किएको छ। बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टीमले चलचित्रको मिति सहित यो गीत सार्वजनिक गरेको हो। निर्माण टीमले मंसिर १३ गतेलाई प्रदर्शन मिति घोषणा गरेका छन्। संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा यसै चलचित्रका निर्देशक राम गौतमको कोरियोग्राफी रहेको छ। पारिवारिक प्रेमकथा बोल्ने यस चलचित्र सोनी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको हो ।

प्रेम बहादुर सुनारको कथा लेखन रहेको चलचित्रमा प्रेम र आयुष्मासँगै मोनिका दाहाल, विविशा पाण्डे, कविता नेपाली, राम गौतम, करण पौडेल, सुनिल वि क, अर्जुन पौडेललगायतका कलाकारहरुको पनि अभिनय छ । कमल सुनार र सीता सुनार निर्माता रहेको चलचित्र निर्माताका रुपमा प्रेम बहादुरनै रहेका छन्  भने कार्यकारी निर्माता उतम केसी र देविन गहतराज हुन्। शंखर महर्जनको एक्सन रहेको चलचित्रमा दिपेन्द्र बस्न्यातको छायांकन रहेको छ । चलचित्र उपत्यका बाहिर एफ।डि कम्पनि र उपत्यका भित्र रिच इन्टरटेन्टमेन्टले वितरण गर्नेछ।

song: