फेसनमा सधै सजक रहने बर्षा

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

बिहिवार अभिनेत्री बर्षा राउतले ‘सजिनाज् क्रियसन’ बुटिक उद्घाटन गरेकी छिन्। उद्घाटनको दौरानमा उनले आफू फेसनमा सधै सजक रहेको बताइन् । रिवन काटेर ‘सजिनाज् क्रियसन’ बुटिकको उद्घाटन गरेकी अभिनेत्री राउतले यो बुटिकको बिषेशता आफुलाई मन परेर जोडिएको बताइन्। ‘क्रियसनकी संचालिका सजिना बिष्टसँग फ्यामिलीगत रिलेसन पनि क्रियसनसँग जोडिनुको अर्काे कारण रहेको उनले खुलाइन्। कुर्था, लेहेङ्गा, सारी आफ्नो बिषेश मनपर्ने पहिरन भएको बताएकी बर्षाले ‘सजिनाज् क्रियसन’ले पनि यस्ता पहिरनलाई बिषेश महत्व दिएकोले खुसी ब्यक्ति गरिन् । उनले थपिन् ‘सेलिब्रेटीको रोजाइमा पर्ने र उनीहरुले लगाउने सबै पहिरन यो बुटिकमा रहेछ । मेरो मात्र होइन धेरै सेलिब्रेटीका लागि पनि यो उपयुक्त बन्ने छ। ’बुटिक सजिना बिष्टले संचालनमा ल्याएकी हुन्। धेरै फेसन शो र बिभिन्न सौन्दर्य प्रतियोगितामा समेत ड्रेस डिजाइनरको भुमिका निर्बाह गरिसकेकी बिष्टले दैनिक प्रयोगमा आउने क्याजुअल, ब्राइडल, इन्डोवेस्टन, गाउँन लगायतका पहिरनलाई बुटिकले प्राथमिकता दिएको बताइन्।

‘नेपाली फिल्म, म्युजिक भिडियो, फेसन शो लगायत जुनै प्रकारको प्रायोजनका लागि नयाँ र आकर्षक पहिरन डिजाइन गर्न हामीलाई आपती छैन’ सजिनाले भनिन् ‘यो मेरो अध्यायन र सौखको बिषय पनि हो ।’ अध्यायन र सौखको बिषय बुटिक मार्फत ब्यवसायमा बदल्न लागेको उनको भनाई थियो। ‘बुटिक फेसन’ भन्ने वित्तिकै ‘महँगो होला’ भन्ने बुझाइ आम मानिसमा छ । तर, त्यसलाई हामी चिर्न चाहन्छौँ’ बिष्टले थपिन् सर्वसाधारणको समेत पहुँच पुग्नेगरी ‘सजिनाज् क्रियसन’ सञ्चालनमा ल्याइएको हो ।’ अभिनेत्री बर्षाबाट बुटिक किन उद्घाटन गर्नु भयो ? मिडियाले सोधेको प्रश्नमा संचालक बिष्टले भनिन् ‘अभिनेत्रीमा फेसन ट्रेन हुन्छ । उनीहरुले लगाएको पहिरन सर्वसाधारणले पनि फलो गर्दछन् ।’