‘एन्टी हिरो’मा जसिताको इन्ट्री,अनमोलसँग जोडी बाँध्दै

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

केही समयदेखि एक्सन-लभस्टोरी जनरामा बन्ने चलचित्र ‘एन्टी हिरो’मा मुख्य भूमिकाकोलागि अभिनेता तथा निर्माता भुवन केसी अभिनेत्रीको खोजीमा थिए। अन्तत: चलचित्रकालागि अभिनेत्री फाइनल गरिएको जानकारी प्राप्त छ। अभिनेता प्रदीप खड्कासँग ‘लिलिबिली’ र ‘लभ स्टेशन’मा रोमान्स गरेकी अभिनेत्री जसिता गुरुङ ‘एन्टी हिरो’को लागि फाइनल भएकी हुन्। उनी यसअघिनै निर्देशक रेनशा वान्तवा राईको निर्देशन रहने नयाँ चलचित्र ‘आईएम ट्वान्टिवान’का लागि पनि फाइनल भइसकेकी छिन् ।

उनले चलचित्रमा अनमोल केसीसँग जोडी बाँध्ने मौका पाएकी छिन्। दुई क्युट अनुहार हेर्न दर्शकको इच्छा अब पुरा हुने भएको छ। भुवन र जसिताबीच मौखिक सम्झौता भइसकेको भुवनले एक मिडियालाई बताउदै जानकारी दिएका छन्। औपचारिक रुपमा भने आज अर्थात शुक्रबार दिउँसो २ बजे जसिताले चलचित्र साइन गर्ने बताइएको छ। तिहारपछि छायांकन सुरु हुने बताइएको चलचित्रमा पहिलो पटक अनमोल र भुवन एकसाथ देखिदैछन्। यस चलचित्र कस्ले निर्देशन गर्ने भन्नेबारे हाल सम्म फाइनल भएको छैन ।

भुवन स्वयंले चलचित्र निर्देशन गर्ने सम्भावना भने देखिएको छ। चलचित्रमा उनी नेगेटिभ रोलमा प्रस्तुत हुनेछन् भने अनमोलले लिड रोल सम्हाल्ने छन्। छायांकन सुरु नहुँदै लगानी उठाइसकेको ‘एन्टी हिरो’लागि अनमोल शरीर बनाउँनमा निकै ब्यस्त छन् । हाल चलचित्रको स्क्रिप्ट पुरा हुने तयारीमा रहेको छ। यसअघि अनमोलले एक्सन चलचित्र मध्य ‘कृ’मा अभिनय गरेका थिए। उनको एक्सन अवतार दर्शकले खुब रुचाएका थिए।