‘फिल्म’ बिषय पढ्नका लागी नयाँ क्याम्पसको स्थापना

आर्टिष्ट खबर / भदौ, काठमाडौं ।

काठमाडौंमा फिल्म बिषय पढ्नका लागी नयाँ क्याम्पसको स्थापना भएको छ । चलचित्रमा चार वर्षीय स्नातक अध्ययनका लागि आईतबारबाट त्रिभुवन विश्व विधालयसँग सम्बन्धन प्राप्त ‘नेपाल फिल्म क्याम्पस’ सञ्चालनमा आएको हो ।काठमाडौंको बानेश्वरमा रहेको यो क्याम्पसका प्रसँगमा आईतबार पत्रकार भेटघाट आयोजना गर्दै प्रिन्सिपल उप्रेतीले कलेजले फिल्म अध्ययनका लागि भर्ना सुरु गरेको र नेपाली मात्र नभएर दक्षिण भारतीय तथा अन्य देशका विधार्थीहरुलाई समेत लक्षित गरेर यो क्याम्पस सञ्चालनमा ल्याएको क्याम्पसका प्रिन्सिपल शिशिर उप्रेतीले बताए ।

यसअघि फिल्म अध्ययनका लागि नेपालमा एउटा मात्र कलेज भएकाले यसपटकबाट आफुहरुले पनि सुविधा सम्पन्न नेपाल फिल्म क्याम्पस सञ्चालनमा ल्याएको प्रिन्सिपल उप्रेतीले जानकारी गराए । दक्षिण एशियामै फिल्म अध्यापन सम्बन्धि कम कलेज भएको बेला आफुहरुले ती सबैलाई लक्षित गरेर फिल्म कलेज खोलेका उनले बताए । यो कलेजले चलचित्र लेखन÷निर्देशन, दृष्य सम्पादन, छायाँकन, अभिनय र ध्वनी सम्बन्धी पाँच विषयमा स्नातक गराउने छ । अरु कलेज भन्दा शुल्क थोरै राखिएको र आफुहरुले केही विधार्थीहरुलाई स्कलर शिपको ब्यबस्था गर्ने पनि उनले बताए । प्रिन्सिपल उप्रेतीका अनुसार यो कलेजमा हलिउड, बलिउडसहित श्रृलँका, भुटान र नेपालका फिल्म बिज्ञहरुले यी पाँच विषयमा पढाउने छन् । नियमित र भिजिटर टिचर गरेर ६० जनाको भन्दा ठुलो टिम रहेको पनि उनले बताए । चलचित्र विकाश बोर्डका अध्यक्ष केशब भट्टराईले गुणस्तरीय चलचित्र शिक्षाका लागि स्थापना भएको यो कलेजले नेपाली चलचित्र उधोगको विकाशमा ठुलो टेवा पु¥याउने विश्वास आफुले लिएको बताए ।