चलचित्र हल ‘कबड्डी ३’को आशामा

आर्टिष्ट खबर/असोज,काठमाडौं ।

नेपाली हलहरुले खुसी हुने चलचित्र नपाएको धेरै भइसक्यो। अर्थात भरिभराउ दर्शक हुने चलचित्र नपाउँदा हलहरु सुक्का जस्तै भएका छन्। बर्षमा एक अथवा दुई नेपाली चलचित्रबाट मात्र नेपालीहलहरु सन्तुष्ट हुन्छन्। अन्य समयमा बिदेशी चलचित्रकै भर पर्नुपर्ने अवस्था छ। गएको केहि साता यता बलिउडको चलचित्र ‘साहो’ले केहि राहत थियो। यस्तै अब हलहरु आउँदै गरेको दसैं तथा तिहार पर्वमा आउने चलचित्रको कुराईमा छन्। गएको जेठमा प्रदर्शन भएको ‘जात्रै जात्रा’ पछि नेपाली हलहरु खुसी हुन पाएका छैनन्। यसैबिच चलचित्र ‘कबड्डी’को सिरिजलाई पनि बिशेष रुपमा हेरिदै आएको छ। चलचित्रले सुरुवातका दिनदेखी नै दर्शकको मन जित्दै आएको छ। यसअर्थमा पनि यो चलचित्रको तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’मा दर्शक ओइरिहे अनुमानले हलहरुमा अग्रिम बुकिङ समेत खुलाइएको छ।

नेपालको सबैभन्दा बढी चेन भएको क्यूएफएक्स सिनेमाज्ले सर्वाधिक सोज बाँडेको छ। काठमाडौंको पाँच स्टेशनमा चलचित्रलाई ३७ शो दिइएको छ। यसअघि कुनै नेपाली फिल्मले यो संख्यामा सोज पाएका थिएनन्। यसअघि क्यूएफएक्स चेनमा सर्वाधिक सोज चलचित्र ‘छक्का पञ्जा ३’ ले पाएको थियो,जसले ३१ सोजमा प्रदर्शन सुरु गरेको थियो । त्यस्तै, ‘कबड्डी कबड्डी कबड्डी’लाई क्यूएफएक्सले मोफसलको आफ्नो चार स्टेशनमा २७ सोज बाँडेको छ। चलचित्रको व्यापारिक हिसाबमा मुख्य कारक मानिएको क्यूएफएक्स चेनले फिल्मलाई आफ्नो देशभरका ९ वटा हलमा कूल ६४ सोज दिएको छ। रामबाबु गुरुङले निर्देशन गरेको यो चलचित्रमा अभिनेता दयाहाङ राई, अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ,कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको अभिनय छ। चलचित्रमा कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन्। चलचित्र आउँदो शुक्रबार बाट प्रदर्शनमा आउँदैछ।