‘दसैं हाम्रो पेवा होइन’: दीपकराज गिरी

आर्टिष्ट खबर/असोज,काठमाडौं ।

असोज २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र चलचित्र ‘छ माया छपक्कै’का निर्माता तथा कलाकार दीपकराज गिरीले यसपटक आफूहरुले दसैं छाडेको बताएका छन् । धेरैले दसैं सधैं दीपक–दीपालाई नै किन चाहिने भन्ने पश्नबाट मुक्त भएको पनि बताएका छन् । शुक्रबार आईप्लेक्स मलमा रहेको ‘वन सिनेमाज’ हलमा आयोजीत ‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै दीपकले भने ‘धेरैले दसैं तपाईहरुको पेवा हो भन्नुभएको थियो । यसपटक दसैं भन्दा पछि नै आएका छौं ।’ दीपकले दसैंमा आफ्नो चलचित्रले हलमा शो कम पाउने भएकाले पनि यसपटक दसैं पछि आएको प्रष्ट पारे । ‘हाम्रो चलचित्रले धेरै शो पाउँथ्यो त्यो थाहा छ तर ओपनिङ जुन रुपले सोचेका छौं त्यो हुदैनथ्यो त्यसैले दसैंको पछि आउने भएका हौं ।’ दीपले भने ।

चलचित्रको सार्वजनिक ट्रेलरमा राजनीतिक द्वन्द्व भरिएको छ । साथै राजनीति गरेर प्रेममा पार्ने प्रभावलाई ट्रेलरले देखाएको छ । ट्रेलरका अनुसार मुख्य भूमिकामा रहेका कलाकार दीपकराजको प्रेम आफूभन्दा आधा उमेर कम युवती केकी अधिकारीसँग हुन्छ। केदार घिमिरेको भूमिका भने कमेडी रहेको छ । दीपेन्द्र लामाले निर्देशन गरेको यो चलचित्रमा दीपाश्री निरौला उनलाई निर्देशनमा सहयोग गरेकी छिन् । निर्देशक लामाकै कथा रहेको चलचित्रमा दीपकराज गिरीको पटकथा रहेको छ भने संवादमा उनलाई केदार प्रसाद घिमिरे, जितु नेपाल रअभिमन्यू निरवीले सघाएका छन्। कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व रहेको छ। रोहित अधिकारीले निर्माण गरेको चलचित्रमा हरि हुमागाइँको छांयाकन र विपिन मल्लको सम्पादन रहेको छ। दीपकराज  र केकीको अलवा चलचित्रमा जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतका कलाकारहरुको अभिनय छ ।