मुम्बई,एजेन्सी ।

सन् २००७ मा प्रर्दशनमा आएको चलचित्र ‘भूल भुलैया’को सिक्वेल ‘भूल भुलैया २’को लागि अभिनेत्री फाइनल भएको भारतिय मिडियाले जनाएका छन् । चलचित्रको लागि अभिनेत्री कियारा आडवाणी फाइनल भएकी हुन। यसअघि कियारा ‘कबिर सिंह’साहिद कपूरसँग रोमान्स गरेकी कियाराले दर्शकको मन जितिसकेकी छिन्। ‘कबिर सिंह’ २०१९मै सर्वाधिक कमाई गर्ने लिस्टको टपमा परेको थियो। ‘भूल भुलैया २’मा कार्तिकर कियारा जोडी बाँध्ने भएका छन् ।

‘भूल भुलैया’मा अक्षय कुमारको प्रमुख भूमिका थियो। ‘भूल भुलैया २’मा भने अभिनेता कार्तिक आर्यनले मुख्य भूमिका निभाउने भएका छन् । अभिनेत्री फाइनल गर्दै चलचित्रको फर्स्टलुक पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा आर्यन र कियारा फर्चड छन् । अक्षय कुमार हरर कमेडी चलचित्र ‘भूल भुलैया’ले बक्सअफिसमा आक्रमक ब्यापार गरेको थियो । यसको पार्ट २ले पनि दर्शकको मन जित्ने अनुमान गर्न सकिन्छ। सिक्वेलका मुख्य भूमिकामा रहेका कार्तिक हाल चलचित्र ‘पति पत्नी और वो’को छायाँकनमा ब्यस्त छन् । उनी ‘दोस्ताना २’मा पनि प्रमुख भूमिकामा देखिदैछन् । त्यसैगरी कियारा अक्षय कुमारको ‘लक्ष्मी बम्ब’मा छायाँकनमा ब्यस्त छन् । ‘भूल भुलैया २’ भने अक्टुबरबाट छायाँकनमा जाने बताइएको छ ।