‘पोइ पर्‍यो काले’को गीतमा ‘मर्ने कसैलाई रहर हुदैन’का गायक प्रेमको आवाज

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ असोज, काठमाडौं । </span></pre><p style="text-align: justify;">कार्तिक ८ गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र 'पोइ पर्यो काले’को एक गीत मार्फत बाल गायक प्रेम परियार गायनमा फर्किएका छन्। केही समय गायनमा ब्रेक लिएका उनले गाएको ‘मायाले मलाई’ बोलको गीत मंगलबार रेकर्डिङ गरिएको हो। हिट चलचित्र ‘नाइँ नभन्नु ल २’मा समावेश&nbsp; ‘मर्ने कसैलाई रहर हुँदैन’ गीत गाएर नसोचेको चर्चा पाएका प्रेमले आफुलाई सोहि गीतबाटै&nbsp;गायनमा स्थापित गरेका थिए। प्रेमले ‘मायाले मलाई’ गीत मार्फत&nbsp;पुरुष पार्श्वगायनमा डेब्यु गरेका हुन्। किशोरअवस्थाले आवाज परिवर्तन हुने थालेपछि प्रेमले गायनमा ब्रेक लिएका थिए। केहि गीतमा स्वर रेकर्ड गराएका प्रेमले ब्रेकमा पढाईमा पनि ध्यान केन्द्रित गरे। पहिले जस्तै दर्शक श्रोताको पाउँने आशा गरेको उनले बताएका छन् ।&nbsp;</p><p style="text-align: justify;">चलचित्रको ‘मायाले मलाई’ बोलको गीतमा पुरुषोत्तम न्यौपानेको संगीत र रघु परियारको शब्द लेखन छ । प्रेमको स्वर रेकर्ड उक्त गीतमा सौगात मल्ल र पूजा शर्मालाई फिचरिङ गरिने बताइएको छ । किरण नेपालीले प्रस्तुत गरेको चलचित्र शिशिर राणाले निर्देशन गरेका हुन् । चलचित्रमा सौगात र पूजासँगै आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, सुरक्षा पन्तलगायतका कलाकारको अभिनय रहेको छ ।&nbsp;</p>