अमरको एकल कविता साँझ

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

गीतकार तथा कवि अमर वान्तु राईले आफ्नो कविता ‘एकल कविता साँझ २०७६’ कार्यक्रममा सुनाएका छन् । मंगलबार स्मार्ट माइक्रो रिसर्चले आयोजना गरेको उक्त साँझ कार्यक्रममा कवित राईले आफ्ना सात कविता प्रस्तुत गरेका थिए । कवि बम बानियाँको सभापतित्वमा भएको उक्त कार्यक्रममा वरिष्ठ गीतकार, कवि एवं पूर्व अर्थमन्त्री एसपी कोइरालाको प्रमुख आतिथ्यतामा कवि वान्तुले आफ्ना कविताहरु प्रस्तुत गरेका थिए। वरिष्ठ कवि श्रवण मुकारुङ, साहित्यकार डा.विप्लप ढकालको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा वरिष्ठ गीतकार विश्व बल्लभ, वरिष्ठ संगीतकार राजु सिंह, न्ह्यू बज्राचार्य, वरिष्ठ गजलकार ललिजन रावल, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष महेश खड्का, संगीतकार संघ नेपालका अध्यक्ष शान्तिराम राई, गीतकार संघ नेपालका महासचिव वसन्त वित्यासी थापा लगायत साहित्यिक तथा सांगीतिक क्षेत्रका विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई स्वागत गर्दै स्मार्ट माइक्रो रिसर्चका अध्यक्ष बम बानियाँले साहित्यिक पर्यटनलाई बोकेर कविता साँझको यात्रा गर्दै गर्दा पहिलो शृङ्खलामा कवि अमर वान्तु पहिलो रहेका बताएका थिए । कवि वान्तुको पनि पहिलो कविता वाचन भएको हुँदा अमर वान्तुजस्ता अब्बल स्रष्टाहरुसँगै साहित्यिक पर्यटनको यात्रा अगाडि बढाउने बताए । कार्यक्रम संचारकर्मी सुमन बैरागीले सञ्चालन गरेका थिए ।कार्यक्रममा कवि वान्तुलाई आयोजक संस्था स्मार्ट माइक्रो रिसर्चको तर्फबाट सम्मानसमेत गरिएको थियो भने वातावरणसम्बन्धी रेडियोका अध्यक्ष अष्टमान महर्जनलाई समेत सम्मान गरिएको थियो ।

कवि अमर वान्तुले समाजमा घटेका घटनाक्रमहरुलाई साहित्यक ढंगबाट प्रस्तुत गर्दै परिभाषाका राँटाहरुलाई चिर्ने प्रयास गरेका थिए । उनको कवितासंग्रह परिभाषाका राँटाहरुबाट नै केही कविता उनले प्रस्तुत गरेका थिए । परिवारको काइँलो सन्तानको रुपमा जन्मिएका कवि वान्तुले पहिलो कविता नै ‘काइँला’ प्रस्तुत गरेका थिए । उनले फूलको आँखामा, जदौ,  महिनाबारी लगायतका सात कविता प्रस्तुत गरेका थिए ।उनको कविता सुनिसकेपछि साहित्यकार डा. विप्लप ढकालले कविताहरुमाथि समिक्षा गर्दै कवि वान्तु फरकधारका अब्बल कवि भएको बताएका थिए । ५० औं वसन्तपछि साहित्यमा उदाए पनि उनको साहित्यिक मन भने १६ वर्षे भएका बताएका थिए । त्यस्तै कवि श्रवण मुकारुङले भोजपुरको माटोमा सँगै खेलेका कवि वान्तुको काव्यशैली नै समाजमा भेटिएका राँटाहरुलाई चिर्ने काममा लागेको फरकधारका कवि भएको बताए । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तथा पूर्व अर्थमन्त्री एसपी कोइरालाले कवि अमर वान्तु सानै उमेरदेखि काव्यिक मन बोकेर व्यवसायमा होमिएको हुँदा अब निरन्तर साहित्यिक यात्रामा लाग्न सक्षम भएको बताएका थिए । एउटा अब्बल गीतकार तथा कवि वान्तु दानवीर भएको बताए । कविता मात्रै बोकेर हिंड्नेहरुका बीचमा कवि वान्तु एउटा सशक्त कवि भनेर उदाएको हुँदा उनको गीति लेखन र कविता लेखन ओझपूर्ण भएको बताएका थिए ।