‘छ माया छपक्कै’ प्रमोशनल गीतमा दुर्गेशको बिच्च बिच्चमा

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

अहिले पछिल्लो समयका सर्जकहरुमा नेपाली गीतसंगीतको दुनियामा कालजयी गीत ल्याएर लोकप्रिय बन्नुपर्छ भन्ने भाव लगभग हराइसकेको छ । कसरी हुन्छ छोटो समयमै गीत सार्वजनिक गर्ने र चर्चामा आइहाल्ने देश बिदेशका स्टेज कार्यक्रममा पुगिहाल्ने लक्ष्य सबैको छ । गीतमा केहि दुईअर्थ शब्द राखेर हुन्छ कि भिडियोमा मिहिनत गरेर हुन्छ युट्युवमा भ्युज र ट्रेडिङमा आउनैपर्छ बरु त्यसका लागी पैसा खन्याएरै बुष्ट गर्न किन नपरोस् । आखिर जसरी पनि चर्चा कमाउनु छ ।

यस्तै केहि गाली र केहि ताली खाँदै चर्चा कमाएका गायक तथा मोडल दुर्गेश थापाको गएको तीजमा बिच्च बिच्चमा गीत अत्यधिक हिट भो । नेपाल देखी बिदेशसम्म त्यहि गीतले बजार ततायो । साना बालबालिका देखी बृद्ध सम्म त्यहि गीतमा नाँचे । यसैक्रममा यहि असोज २४ गतेबाट प्रदर्शनमा आउने यसबर्षको प्रतिक्षित चलचित्र ‘छ माया छपक्कै’ टिमले पनि त्यसैगीतका गायक तथा माडेल दुर्गेशलाई प्रमोशनका लागी अघि सारेको छ । अर्थात दुर्गेशको सहारामा चलचित्रको प्रमोशन गरिएको छ ।

कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले चलचित्र ‘छ माया छपक्कै’को बारे दर्शकलाई जानकारी दिने उदेश्यले बिच्च बिच्चमा बोलको गीतमा नयाँ शब्द प्रयोग गरेर भिडियो सार्वजनिक गरेका छन् । भिडियोमा चलचित्रका मुख्य कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, सुपुस्पा भट्टलाई देख्न सकिन्छ ।

गीतमा दुर्गेश थापाकै शब्द संगीत छ । शिव विकले निर्देशन गरेको प्रमोशनल भिडियो विकास ज्ञवालीले सम्पादन गरेका छन्। गीतको भिडियो दुर्गेश थापाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।  चलचित्रको रोहित अधिकारी निर्माता, केदार प्रसाद घिमिरे र जितु नेपाल कार्यकारी निर्माता हुन् । चलचित्रमा दीपेन्द्र लामाको निर्देशन तथा लेखन छ ।

video: