प्रधानमन्त्री वलीद्धारा छायाँको लस्कर सार्वजनिक

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

प्राध्यापक केआर खम्बूको ‘छायाँको लस्कर’ पुस्तक सार्वजनिक गरिएको छ । राजधानीको बालुवाटारमा बिहीबार आयोजीत कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा उपस्थित थिए । प्रध्यापन केआर र प्रधामन्त्री ओली झापा आन्दोलनका बखतसँगै पाइला चालेका अभिन्न मित्र हुन् ।

कार्यक्रममा छायाँको लस्कर सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले प्राध्यापक खम्बू र आफूबीचको सम्बन्धको चर्चा गरे । प्रधानमन्त्री ओलीले आफू र प्राडा खम्बू कम्युनिष्ट क्रान्तिका बखत गाउँगाउँ ठाउँठाउँ पुगेको उल्लेख गर्दै आफ्नो विगत सम्झना गरे । त्यसबखत खम्बू पनि सक्रिय बाम राजनीतिमा आउन खोजेको प्रसंग उल्लेख गर्दै आफूले खम्बूलाई ‘तपाईंले पीएचडी गरेको हेर्न मन छ मलाई’ भनेको बताए ।

ओलीले खुट्टामा खील गडेकोले महिनौ खोच्याएर हिँडेको उल्लेख गर्दै विराटनगरमा केआर खम्बू कहाँ आफू महिनौ बसेको सम्झना गरे ।  कार्यक्रममा आफ्नो बिगत सम्झँदै प्रम ओलीले आफूले परिवर्तन आफ्नै जीवनकालमा भोग्ने सोेचेको भन्दै आफूले प्रधानमन्त्रीको जिम्मेवारीमा पुग्छु भन्ने कहिल्यै नसोचेको बताए । प्रधानमन्त्री ओलीले खम्बूको पुस्तक ‘छायाँको लस्कर’को चर्चा गर्दै बाम आन्दोलनको क्षेत्रमा खम्बू एक अनवरत योद्धा भएको उल्लेख गरे ।

कार्यक्रममा पुस्तक ’छायाँको लस्कर’ र लेखकका बारेमा प्राध्यापक जंगब चौहानले परिचयात्मक टिप्पणी गरेका थिए। विमोचन कार्यक्रममा प्रकाशन संस्था नेपालयकातर्फबाट युवा साहित्यकार भूषिता वशिष्ठले प्रकाशकीय धारणा राखेकी थिइन्।