सकियो सगरमाथा म्युजिक अवार्ड

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

बिहीबार सम्पन्न सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करणमा वरिष्ठ गायक जगतमर्दन थापालाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ । पूर्व अर्थमन्त्री तथा वरिष्ठ गीतकार एसपी कोइरालाको प्रमुख आतिथ्यतामा भएको अवार्ड सामारोहमा बिभिन्न ६७ विधामा सर्जकहरुलाई अवार्ड प्रदान गरियो ।

राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न अवार्ड समारोहमा अढाई दशकभन्दा लामो समय पत्रकारितामा योगदान पु¥याएको भन्दै शान्तिप्रियलाई रजत पत्रकारिता सम्मान प्रदान गरिएको थियो भने पत्रकारहरू तुलसी गिरी ‘भावुक’, राज श्रेष्ठ, विजय आवाज, कुबेर डंगोललाई पत्रकारिता सम्मान र मनीष दाहाललाई पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै आयोजक संस्थाका अध्यक्ष मनोज थापाले गीत सङगीत क्षेत्रमा लाग्नु भएका स्रष्टाहरुको योगदानको सम्मानका लागि अवार्ड आयोजना गरिँदै आएको बताए ।

समारोहमा सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतमा रमेश दाहालको जननी जन्म भुमीले अवार्ड पाउन सफल भयो । यस्तै राष्ट्रिय भाव (जुरी) तर्फ सुमन राईको मेरो देश नेपालले अवार्ड पायो । साथै चलचित्र गीतकारतर्फ वि पाण्डेले प्रसाद चलचित्रबाट बनकी चरीबोलको गीतबाट अवार्ड पाए । चलचित्र सङगीतकारतर्फ प्रसाद चलचित्रबाटै सुवास भुसालले लै लै बोलको गीतबाट अवार्ड पाए । चलचित्र गायकतर्फ छक्का पञ्जा ३ को पहिलो नम्बर गीतबाट डेविट शंकरले अवार्ड पाए भने गायिकामा सोहि चलचित्रको सोही गीतबाट बिन्दु परियारले अवार्ड पाइन् ।