‘पोई पर्यो काले’ काले पोईको कथा (ट्रेलर)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौं । </b></pre><p style="text-align: justify; ">आउँदो कात्तिक ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पोई पर्यो काले’ को ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी जनारामा निर्माण भएको चलचित्रको ट्रेलर काले पोईको कथामा केन्द्रित छ । चलचित्रका मुख्य कलाकार सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, पुजा शर्मा, आकाश श्रेष्ठ, सोहित मानन्धर लागायत फिचर्ड ट्रेलरमा गोरे पोईको खोजी गर्दा गर्दै अन्त्यमा काले पोई पर्दाको अवस्थालाई चित्रण गरिएको छ ।</p><p style="text-align: justify; ">शिशिर राणाको कथा तथा निर्देशनमा तयार भएको चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन् भने कार्यकारी निर्माताको रुपमा अमला देवी राई रहेका छन्। चलचित्र राजिब गुरुङ (दीपक मनाङ्गे) र सरोज नेपालीको संयुक्त लगानीमा निर्माण भएको हो ।&nbsp;</p><p style="text-align: justify; ">चलचित्रमा नायिका सुरक्षा पन्त अतिथी भूमिकामा देखिनेछिन् । फिल्ममा किरण नेपाली, श्रृष्टी खड्का, शिशिर राणा, राजाराम पौडेल, बिन्दा खतिवडा, श्याम राई, गोपाल ढकाल (छन्दे), राजेन्द्र नेपाली लगायतको समेत अभिनय रहेको छ । लाल बहादुर खाती र अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, शिव ढकालको छायांकन, तारा थापा (किम्भे)को सम्पादन रहेको छ ।</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/ElrD68cQrRA" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>