‘वर्ल्ड नेपाली म्युजिक अवार्ड समतिबाट सुमन बुढा बर्खास्त

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

आउँदो नोभम्बरमा अमेरिकाको न्यूओर्कमा सम्पन्न हुन गइरहेको ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९’ का आयोजक संस्थाका महासचिव सुमन बुढामगर बर्खास्त भएका छन् ।  समुनले कलाकार (मोडल) छिरिङ डोमा शेर्पा ‘जेन्निफर’लाई सेक्सुअल हर्यास्टमेन्ट गरेको आरोपमा पदबाट बर्खास्त गरिएको आयोजकले बिज्ञप्तीमा जनाएको छ ।

मोडल छिरिङले सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस पोष्ट गर्दै सो कुरा बाहिर ल्याएपछि आयोजकले एक्सन लिएको हो ।  बुढामगरले अनेक थरी प्रलोभन देखाउँदै हेलिकप्टरमा मनाङ र पोखराका होटेलहरुमा बस्नको लागि समेत दवाव दिएको उनले बताएकी छन् ।

‘अवार्डसँग जोडिएर लागेको आरोपको विषयमा बुझ्न बारम्बार सम्पर्क गर्दा पनि सम्पर्कमा नआएको कारण बुढालाई निर्दोष सावित नभएसम्मका लागि निलम्बित गरिएको छ,’ वल्र्ड कनेक्सनको विज्ञप्तीमा उल्लेख छ । वर्ल्ड कनेक्सनले कलाकार, सहयोगी संघ संस्था र सह आयोजकलाई समेत बुढामगरसँग अवार्डसम्बन्धी कुनै पनि कार्य नगर्न सचेत समेत गरेको छ ।