स्मृतिले पाइन् मिस टीन झापाको उपाधि

...

Miss-teen-group-picsपुस ४, झापा । ‘तपाइलाई १० लाख रुपैयाँको महत्व धेरै कि मिस टीनको उपाधि ?’, उत्कृष्ट ८ भित्र पर्न सफललाई सोधिएको यस प्रश्नको गतिलो जवाफ दिँदै १४ वर्षकी स्मृति ओलीले मिस टिन झापा-२०१५ को उपाधि कब्जा गरेकी छिन् ।

‘१० लाख रुपैयाँले केही समय म रम्न सक्छु होला । तर, यसले मेरो पूरै भविष्य निर्धारण गर्न सक्दैन ।’, उनको उत्तर थियो, ‘उपाधि जिते पछि पैसा त कमाइ हालिन्छ ।’ शनिबार राति विर्तामोडमा भएको ग्राड फिनाले राउन्डबाट उपाधि जितेसँगै उनले नगद ३५ हजार रुपैयाँ, भारतको बैङ्लोरमा नर्सिङ अध्ययन गर्नका लागि ४ लाख ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति, ट्रफी लगायतका पुरस्कार प्राप्त गरेकी छिन् ।

विर्तामोडकी ओलीले ३२ जना स्पर्धीहरुलाई उछिन्दै उपाधि सुरक्षित गरेकी हुन् । प्रतियोगितामा बिर्तामोडकै एलिशा जोशी फस्ट रनर अप र निशा श्रेष्ठ सेकेण्ड रनर अप भएका छन् । प्रतियोगिताको फष्ट रनर अपले ११ हजार रुपैयाँ र सेकेण्ड रनर अपले १० हजार रुपैयाँसहित अन्य विभिन्न गिफ्ट ह्याम्परहरु हात पारे ।

– गौरव पोखरेलबाट