भिटेन पक्राउ, अभद्र ब्यवहारको मुद्धा

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ कात्र्तिक, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">नेपालका ¥यापर समिर घिसिङ (भिटेन)लाई प्रहरीले पक्राउ गरेको छ । अभद्र ब्यवहार गरेको भन्दै प्रहरीले बिहीबार ललितपुर झम्सिखेलबाट उनलाई पक्राउ गरेको हो । भिटेनले ‘हामी यस्तै त होनी ब्रो’ शीर्षकको एक गीतमा समाजमा पच्न नसक्ने खालका शब्द प्रयोग गरेको र सामाजिक सञ्जाल फेसबुकमा प्रहरी सहायक निरिक्षकको पोसाकमा लागुऔषध सेवन गर्दै गरेको तस्बिर राखेको भन्दै अभद्र ब्यवहारको मुद्धा दायर गरिएको महाशाखाका प्रमुख एसएसपी सशकुल थापाले हिमालय टाइम्सलाई जानकारी दिए । थापाका अनुसार भिटेनलाई आवश्यक कारबाहीका लागी बिहीबारनै ललितपुर प्रहरी परिसरमा पठाइएको छ ।&nbsp;</p><p style="text-align: justify; ">यस मुद्धामा बढीमा १ बर्ष कैद अथवा १० हजार रुपैंया जरिवाना रहने कानुन छ । अथवा दुबै कसुर हुनसक्ने उल्लेख छ । भिटेनलाई शुक्रबारसम्मको अनुसन्धानपछि मात्र कुन सजाय रहने भन्ने प्रष्ट हुने एसएसपी थापाले बताए । बिहीबार दिउँसो भिटेनलाई मेडिकल गरिसकेपछि प्रहरीले ललितपुर परिसरमा पठाएको थियो ।&nbsp;</p><pre style="text-align: justify; "><b>Video Report:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/bPwOR3bD4Sk" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>